Monday 21st September 2026

कुख्यात फ्रान्सेली अपराधी हेलिकप्टरको सहयोगमा जेलबाट भागे


तितोपाटी – फ्रान्सका एक कुख्यात अपराधी रेडोइन फेड हलिउड फिल्ममा जस्तै गरी हेलिकप्टर चढेर जेलबाट भागेका छन् ।

राजधानी पेरिसको दक्षिणपूर्वमा रहेको रियू जेलमा बन्द फेड आइतवार बिहान केही सशस्त्र व्यक्तिहरूको सहायतामा जेलबाट भागेका हुन् ।

उनले जेल कसरी तोडे र उनलाई कसले सहायता ग–यो भन्ने विषयमा प्रहरीले केही पत्ता लगाउन सकेको छैन ।

फेडविरुद्ध सन् २०१० मा डकैती तथा एक महिला प्रहरीको हत्याको अभियोगमा २५ वर्षको जेल सजाय दिइएको थियो ।

फेडले यसअघि पनि जेलब्रेक गरिसकेका हुन् । पाँच वर्षअघि उनले पूर्वी फ्रान्सको एक जेलमा डाइनामाइट विस्फोट गराएर ६ प्रहरीलाई बन्धक बनाउँदै भागेका थिए । तर प्रहरीले ६ हप्ताको खोजीपछि उनलाई पक्राउ गरेको थियो ।

प्रहरी अधिकारीहरूले फेडको हेलिकप्टर पेरिसबाटै बरामद गरिसकिएको बताए । तर उनका बारेमा कुनै जानकारी प्रहरीसँग छैन ।

फेडले फ्रान्समा गरेका डकैतीका अनेकौं कथा छन् । उनी पेरिसको कुख्यात टोलमा जन्मेर सानैदेखि अपराधकर्ममा लागेका हुन् । उनले टीभी च्यानलमा अनेकौं अन्तर्वार्ता प्रसारण गरिसकेका छन् । उनले अपराधसम्बन्धी दुई किताब
पनि लेखेका छन् ।


सम्बन्धित शीर्षकहरु

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शनिबार उत्तर एटलान्टिकमा रहेको फ्रान्सको सानो भूभाग सेन्ट पियरे एन्ड मिकेलोन भ्रमणमा निस्किएका छन्। भ्रमणका क्रममा…

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियाद तथा रेड सी तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र मिसाइल…

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

प्रतिकृयाहरू
...