Monday 5th October 2026

नेपाली चेलीको सम्मानमा अमेरिकाले ग्रहको नाम नै “देविना थापा” राखिदियो


तितोपाटी – अमेरिकाको म्यासाचुसेट्स राज्यमा १५७ वर्ष अगाडि स्थापित म्यासाचुसेट्स इन्सटिट्युट अफ टेकनोलोजी(एमआइटी) विश्वबिद्यालयले नेपाली मुलकी चेलीलाई सम्मान गर्दै सूक्ष्मग्रहको नाम ‘देविना थापा’ नामाकरण गरिदिएको छ।

बिश्वकै उत्कृष्ट विश्वविद्यालयमै विशेष श्रेणीमा आउने एमआइटी विश्वविद्यालयले नक्षत्रको नाम १८ वर्षीया देविना थापाको नाम राख्नु निकै अर्थ राख्दछ ।

एमआइटीले विज्ञान र प्रविधिको क्षेत्रमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने क्रममा देवीना थापाको अनुसन्धान कार्यको सम्मान गर्दै नयाँ ग्रहको नामाकरण ‘देविना थापा’ रहने छ ।

यस नामाकरणको प्रमाणपत्र वितरण गर्दै एमआइटीले देविनाले सन् २०१७ मा स्वास्थ्य क्षेत्रमा गरेको अनुसन्धान र विभिन्न अन्तर राष्ट्रिय प्रतियोगितामा हासिल गरेको सफलताको प्रशंसा गर्दै नयाँ ग्रहको नाम देविना थापा रहेको प्रमाणित गरेको छ ।

म्यासाचुसेट्स इन्सटिट्युट अफ टेकनोलोजी(एमआइटी) लिङ्कन प्रयोगशाला अन्तरिक्ष बिभागका प्रमुख ग्रान्ट एच स्टोक्सले देविना थापालाई सन् २०१७ मा दोश्रो इन्टेल अन्तर राष्ट्रिय बिज्ञान तथा इन्जिनियर्स मेलामा दोश्रो स्थान हासिल गरेकोमा तिमिलाई सम्मान गर्दै सूक्ष्म ग्रहको नाम राखेको घोषणा गरेको पत्र लेखेका छन् ।

उक्त विश्वविद्यालय भौतिक विज्ञान तथा अभियन्त्रणा (इन्जिनियरिङ) को शिक्षा तथा अनुसन्धान गर्ने बिषयमा चर्चित प्रसिद्ध भएतापनि जीव-विज्ञान, अर्थशास्त्र, बहु भाषा अध्ययन सम्बन्धी तथा व्यवस्थापन सम्बन्धी अहिले लोकप्रिय छ ।

निजी अनुसन्धानमा बिश्व ख्याति प्राप्त उक्त सुप्रसिद्ध बिश्वबिद्यालय म्यासाचुसेट्सको क्यामब्रिज शहरमा अवस्थित छ ।

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको स्टरलिङ्ग शहरमा बसोबास गर्ने १८ वर्षिया देविनालाई समाज सेवामा उतिकै क्रियाशील छिन् ।

गर्मीको बिदामा छुट्टी मनाउन नेपाल जान रुचाउने उनी गत वर्ष गर्मीको मौसममा नेपाल पुगी माइती नेपालमा २ हप्ताको स्वयम्सेवक रुपमा कामसमेत गरेकी छिन् ।

नेपालमा आएको भूकम्पले धनजनको क्षति भएपछि पैसा संकलन गरेर शिक्षण अस्पताल महाराज गंजलाई १ लाख २० हजार तथा आफ्नो जन्म दिन स्विट सिक्सटिन (मधुर सोह्र ) को अवसरमा उनले प्राप्त रकम ५० हजार नेपाली रुपैया माइती नेपाललाई दिएकी थिइन् ।

अमेरिकाको प्रतिष्ठित लाउडन एकाडेमी अफ साइन्समा प्रवेश पाउने एक नेपाली मूलकी छात्रा देविना थापा भएकी छिन् ।

देविनाको अनुसन्धान एन्टिबायोटिक अफ अल्टरनेट ” अर्थात् प्रति जैविक को बिकल्प पत्ता लगाउनु रहेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...