Monday 25th May 2026

सामान्य महिला भन्दा लेस्वियन महिलाले चरम अानन्द बढि लिन्छन्


तितोपाटी डट कम – आर्काइभ्स अफ सेक्सुअल बिहेवियर नामक जर्नलमा प्रकाशित एक नयाँ अध्ययन अनुसार कतिपय महिलाहरु एक महिनामा ५५ पटकसम्म यौन चरम आनन्द प्राप्त गर्न सक्दछन् ।

अझ रोचक कुरा त के भने यति धेरैपटक चरम आनन्द हासिल गर्ने महिलाहरुले कुनैपनि पुरुषसँग यौन सम्पर्क गरेका थिएनन् ।

उनीहरुले पुरुषसँग होइन महिला पार्टनरसँग नै सेक्स गरेका थिए । यो अध्ययनसँग जोडिएका केही रोचक नतिजा यस्ता छन्ः

शोधकर्ताहरुले ३ हजार महिलाहरुलाई २ फरक फरक समूहमा विभाजन गरे । पहिलो समूहमा मुख्य पार्टनर पुरुष भएका महिला थिए भने अर्को समूहमा महिला नै प्राइभरी पार्टनर भएका महिला थिए । त्यसपछि उनीहरुलाई कतिपटक चरम आनन्द प्राप्त गरिन्छ ? कतिपटक यौनििक्रडामा सहभागी भइन्छ ? कस्तो खाले यौनक्रिया मन पर्दछ ? भनेर प्रश्न गरियो । उनीहरुका यौन गतिविधि ४ हप्तासम्म निगरानी गरियो ।

अध्ययनबाट यो थाहा भयो कि लेस्बियन महिलाहरुले एक महिनामा १० पटक सेक्स गरे जबकि सामान्य जोडीले १ महिनामा १५ पटक सेक्स गरे । तर सेक्सको दर वा पटकसँग महिलाले प्राप्त गर्ने चरम आनन्दको कुनै सम्बन्ध देखिएन । महिला पार्टनरसँगै भएका महिलाहरुले पुरुष पार्टनरसँग भएका महिलाले ३ गुणा बढी चरम आनन्द महसुस गरेको पाइयो ।

ती महिलाका पार्टनरका रुपमा रहेका ७३ प्रतिशत पुरुषले मात्र आफ्नो महिला पार्टनर यौन सम्बन्धका बेला हरेक पटक चरम आनन्द प्राप्त गर्ने बताए ।

शोधकर्ताहरुका अनुसार महिला र पुरुषबीच हुने यौन सम्बन्धका क्रममा पुरुषहरुको ध्यान केवल आफ्नो यौनांग महिलाको यौनांगमा छिराउने कुरामा जाने र महिलाको चरम आनन्द पुरुषको प्राथमिकतामा नपर्ने देखिएको छ । त्यसैले पुरुषको चरम आनन्दलाई नै सेक्ससत्रको अन्त्य मानिन्छ र त्यसमा महिलालाई चरम आनन्द प्राप्त भयो भएन भन्ने कुरालाई महत्व दिइँदैन ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

बालेन शाह ले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने निर्णय केवल एउटा “कार्यक्रम व्यवस्थापन” को विषय मात्र होइन, यो अहिलेको सत्ता–शैली, राजनीतिक…

पाकिस्तान को बलुचिस्तान प्रान्तमा आज रेलमाथि भएको भीषण आक्रमणले फेरि त्यहाँको सुरक्षा अवस्था अत्यन्तै संवेदनशील रहेको देखाएको छ। क्वेटा नजिक…

जेम्स वेब स्पेस टेलिस्कोप बाट प्राप्त नयाँ तथ्यांकले नेप्च्यून ग्रहको चन्द्रमा “नेरेइड” बारे रोचक कुरा देखाएको छ। वैज्ञानिकहरूका अनुसार नेरेइड…

प्रतिकृयाहरू
...