Tuesday 21st May 2024

सामान्य महिला भन्दा लेस्वियन महिलाले चरम अानन्द बढि लिन्छन्


तितोपाटी डट कम – आर्काइभ्स अफ सेक्सुअल बिहेवियर नामक जर्नलमा प्रकाशित एक नयाँ अध्ययन अनुसार कतिपय महिलाहरु एक महिनामा ५५ पटकसम्म यौन चरम आनन्द प्राप्त गर्न सक्दछन् ।

अझ रोचक कुरा त के भने यति धेरैपटक चरम आनन्द हासिल गर्ने महिलाहरुले कुनैपनि पुरुषसँग यौन सम्पर्क गरेका थिएनन् ।

उनीहरुले पुरुषसँग होइन महिला पार्टनरसँग नै सेक्स गरेका थिए । यो अध्ययनसँग जोडिएका केही रोचक नतिजा यस्ता छन्ः

शोधकर्ताहरुले ३ हजार महिलाहरुलाई २ फरक फरक समूहमा विभाजन गरे । पहिलो समूहमा मुख्य पार्टनर पुरुष भएका महिला थिए भने अर्को समूहमा महिला नै प्राइभरी पार्टनर भएका महिला थिए । त्यसपछि उनीहरुलाई कतिपटक चरम आनन्द प्राप्त गरिन्छ ? कतिपटक यौनििक्रडामा सहभागी भइन्छ ? कस्तो खाले यौनक्रिया मन पर्दछ ? भनेर प्रश्न गरियो । उनीहरुका यौन गतिविधि ४ हप्तासम्म निगरानी गरियो ।

अध्ययनबाट यो थाहा भयो कि लेस्बियन महिलाहरुले एक महिनामा १० पटक सेक्स गरे जबकि सामान्य जोडीले १ महिनामा १५ पटक सेक्स गरे । तर सेक्सको दर वा पटकसँग महिलाले प्राप्त गर्ने चरम आनन्दको कुनै सम्बन्ध देखिएन । महिला पार्टनरसँगै भएका महिलाहरुले पुरुष पार्टनरसँग भएका महिलाले ३ गुणा बढी चरम आनन्द महसुस गरेको पाइयो ।

ती महिलाका पार्टनरका रुपमा रहेका ७३ प्रतिशत पुरुषले मात्र आफ्नो महिला पार्टनर यौन सम्बन्धका बेला हरेक पटक चरम आनन्द प्राप्त गर्ने बताए ।

शोधकर्ताहरुका अनुसार महिला र पुरुषबीच हुने यौन सम्बन्धका क्रममा पुरुषहरुको ध्यान केवल आफ्नो यौनांग महिलाको यौनांगमा छिराउने कुरामा जाने र महिलाको चरम आनन्द पुरुषको प्राथमिकतामा नपर्ने देखिएको छ । त्यसैले पुरुषको चरम आनन्दलाई नै सेक्ससत्रको अन्त्य मानिन्छ र त्यसमा महिलालाई चरम आनन्द प्राप्त भयो भएन भन्ने कुरालाई महत्व दिइँदैन ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । उनीसँगै विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानको पनि ज्यान गएको छ ।…

इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफको समिकरण पुरा भएको छ । समुह चरणका खेल सकिएसँगै आइपिएलको प्लेअफको समीकरण पुरा भएको…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिदै छन् । प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत…

प्रतिकृयाहरू
...