सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको भीषण लडाइँपछि उक्त क्षेत्र कब्जा गरिएको सेनाले बताएको छ। सेनाका अनुसार लडाइँमा आरएसएफका धेरै लडाकु मारिनुका साथै उनीहरूको सैन्य सवारीसाधन पनि नष्ट भएका छन्। अल–माजरुब उत्तर कोर्डोफानमा आरएसएफको प्रमुख आधार…
यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा रहेका क्षेत्रका ७४ प्रतिशत परिवारले आधारभूत खाद्य आवश्यकता पूरा गर्न सकिरहेका छैनन्। हाल यमनभर करिब १ करोड ८३ लाख मानिस गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन् भने ५ वर्षमुनिका २२…
ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष पुग्न लागेका लुलाले यसअघि यो आफ्नो अन्तिम चुनाव हुने बताएका छन्। अक्टोबर ४ मा हुने चुनावमा उनको मुख्य प्रतिस्पर्धा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोसँग छ। हालको मत सर्वेक्षणमा दुवै…
रुसले युक्रेनको राजधानी कीभमा ड्रोन र मिसाइल आक्रमण तीव्र पारेपछि कम्तीमा एक जनाको मृत्यु भएको छ। आक्रमणका कारण सहरको महत्वपूर्ण ‘साउदर्न ब्रिज’ क्षतिग्रस्त भएपछि यातायात अवरुद्ध भएको छ। कीभका मेयर भिटाली क्लिट्स्कोले रुसले राजधानीलाई “टुक्राटुक्रा पार्ने” प्रयास गरिरहेको बताएका छन्। आक्रमणले विद्युत् पूर्वाधार, आवासीय भवन र अन्य महत्वपूर्ण संरचनामा पनि…
इथियोपिया र इरिट्रियाले आपसी कूटनीतिक सम्बन्ध तोडेका छन्। इथियोपियाले इरिट्रियाको राजधानी अस्मारास्थित आफ्नो दूतावास बन्द गर्ने र इरिट्रियाका १० जना कूटनीतिज्ञलाई ४८ घण्टाभित्र देश छोड्न आदेश दिएको छ। यसको जवाफमा इरिट्रियाले पनि इथियोपियासँगको सबै कूटनीतिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेको छ। यसैबीच, उत्तरी इथियोपियाको टिग्रे क्षेत्रमा सरकारी सेना र विद्रोही…
फ्रान्सभरका उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले शिक्षा क्षेत्रको कमजोर अवस्था र सरकारी बजेटको विरोधमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका क्रममा विद्यालयमा आगजनी, तोडफोड र प्रहरीसँग झडप भएका छन्। पछिल्लो केही दिनमा ६२५ जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ८३ जना प्रहरी र १५९ जना विद्यार्थी तथा शिक्षक घाइते भएका छन्। केही…
दक्षिण अफ्रिकामा एक साताभित्र भएका पाँच वटा गोलीकाण्डमा कम्तीमा ४६ जनाको मृत्यु भएपछि देशमा बढ्दो बन्दुक हिंसाप्रति चिन्ता बढेको छ। पछिल्लो घटनामा जोहानेसबर्ग नजिकैको एक मदिरालयमा बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा १८ जनाको ज्यान गएको थियो। त्यही रात केपटाउन नजिक अर्को आक्रमणमा १० जना मारिएका थिए। विज्ञहरूका अनुसार संगठित अपराध, अवैध…
अमेरिकाको टेनेसी राज्यमा १९९५ को हत्या अभियोगमा मृत्युदण्ड सजाय पाएकी ४९ वर्षीया क्रिस्टा पाइकमाथि विषाक्त औषधि प्रयोग गरेर मृत्युदण्ड दिने प्रयास असफल भएको छ। बुधबार साँझ उनलाई दुई पटक घातक इंजेक्सन दिइए पनि उनको मृत्यु भएन। बरु उनी सास फेरिरहेकी थिइन् र घुर्ने आवाजसमेत सुनिएको प्रत्यक्षदर्शी पत्रकारहरूले बताएका छन्। पछि…
अमेरिकाले इरान नजिकको क्षेत्रमा अर्को युद्धपोत, हजारौं सैनिक र लडाकु विमान पठाउने निर्णय गरेको छ। यससँगै त्यस क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति अझ बलियो हुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परे इरानविरुद्ध थप सैन्य कारबाही गर्न सकिने संकेत दिएका छन्। हाल मध्यपूर्व क्षेत्रमा करिब ५० हजार अमेरिकी सैनिक तैनाथ…
अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १ करोड ७४ लाख मानिस खाद्य सहायता आवश्यक पर्ने अवस्थामा पुगेका छन्। कुवा, मुहान र भूमिगत पानीका स्रोत सुक्दै गएपछि ग्रामीण क्षेत्रमा महिलाहरूले परिवारका लागि पानी ल्याउन लामो दूरी हिँड्नुपर्ने अवस्था…
![]()