तीतोपाटी डटकम-कुवेतमा पहिलो पटक ठुलो संख्यामा नेपाली नर्स र अन्य स्वास्थ्यकर्मीहरु ल्याइने भएको छ।उनिहरुले कुवेतको स्वास्थ्य मन्त्रालयका मातहातका रहेका सरकारी अस्पातलहरुमा काम गर्ने छन। नेपालको एक मेनपावरले नोभेम्बर २४ तारिक कुवेतको स्वास्थ्य मन्त्रालयको प्रतिनिधिले परिक्षा लिने भन्दै ३०९ जना महिला र २०८ जना पुरुष नर्सको आवश्यकता रहेको बिज्ञापन छापेको छ।…
तीतोपाटी डटकम-तमु समाज कुवेतले आफ्नो पाँचौं अधिबेशन सम्पन्न गर्दै अध्यक्षमा राजु तमू (गुरुङ)लाई दोस्रो पटक जिम्मेवारी दिएको छ। ५ नोभेम्बर २०२१ शुक्रबारका दिन कुबेतको फर्वानियामा रहेको सेफ नौशद रेस्टुरेन्टमा सम्पन्न कार्यक्रमको अध्यक्षता राजु तमूले गरेका थिए। तमु समाज कुवेतका संस्थापक तथा संरक्षक अमर तमूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तमू पहिचान र…
तितोपाटी- कुवेतको अन्तराष्ट्रीय बिमानस्थल पूर्णरूपमा सञ्चालनमा आएको एक हप्ता भित्रमा ६५ हजार ७५९ यात्रुले आवत जावत गरेका छन गत आक्टोबर २४ तारिक बाट कुवेत मन्त्रिपरिषद्ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर्न स्वीकृति दिए संगै आक्टोबरको अन्तिम महीना सम्म कुल ६५ हजार ७ सय ५९ यात्रुले यात्रा गरेको छन। त्यसपछि…
तितोपाटी- कुवेत सरकारले एक महीनामा कानुन उल्लंघन गरेको आरोपमा २ हजार १९० जना आप्रवासीहरुलाई देश निकाला गरिएको गृह मन्त्रालयले जनाएको छ । आन्तरिक मन्त्री शेख थामेर अल-अलीलेको नेतृत्वमा थालीएको उक्त अभियानमा दुई हजार भन्दा बढ़ी पक्राउ परेका हुन। कानुन उल्लङ्घन गर्नेहरूलाई पक्राउ गरी कुवेतबाट निष्कासन गरी कानुनी कारबाही गरिएको मन्त्री…
तीतोपाटी - विश्वका उत्कृष्ट रिटेलरहरूमध्येको एक तथा मध्यपूर्वको नं. एक व्यपारिक प्रतिष्ठान लुलु हाइपर मार्केटले आज ३ नोभेम्बर २०२१ दिन एक विशेष समारोहको बिच इजिप्ट मेला २०२१ को शुभारम्भ गरेको छ । 'एक्सपेरियन्स इजिप्ट 2021' नाम दिइएको उक्त मेला १३ नोभेम्बरसम्म चल्ने कुरा लुलु हाइपरमार्केटले एक प्रेस रिलिज सार्वजनिक गरि…
तीतोपाटी - लुलु वली दिवाली २०२१ प्रवर्द्धन अन्तर्गत यस क्षेत्रको अग्रणी खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले शनिबार अक्टोबर ३० मा टेरेस मल, सल्मियामा रहेको लुलु एक्सप्रेस आउटलेटमा रंगोली प्रतियोगिता आयोजना गर्यो। भुइँमा रंङहरूको प्रयोग गरेर विभिन्न आकर्षक ढाँचाका सिर्जना गरिने गरिने रंगोली भारतमा 'लाइट्सको पर्व' मनाउने उत्सवहरूको अभिन्न अंग हो। लुलु…
तीतोपाटी डटकम-मुलुक संघीयतामा गएसँगै सिंहदरबार गाउँ–गाउँमा पुगेको चर्चा खुबै चल्यो । तर, अहिले गाउँ–गाउँका युवा काठमाडौँमा आएर डिभी भर्नका लागि पासपोर्ट बनाउने लाइनमा तीन रातसम्म बास बसेको दृश्यले सिंहदरबार कहाँ छ भन्ने प्रश्न उब्जाएको छ । अलिकति मात्रै सेवाग्राहीको चाप बढी हुँदा नेपालका सरकारी कार्यालयको हालत कस्तो हुन्छ भन्ने थाहा…
तीतोपाटी डटकम-काठमाडौं-गैर आवासिय नेपाली संघ जापानका अध्यक्ष शिव प्रसाद पौडेल सहितको टोलीले परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर जापानवासी नेपालीका समस्या र दुई देशबिच गरिनुपर्ने अत्यावश्यक काम कारवाहीका बारेमा ज्ञापनपत्र बुझाएको छ । एनआरएनए जापानका उपाध्यक्षहरु राजकुमार अधिकारी, रामकृष्ण श्रेष्ठ, यूवा संयोजक राकेश रुम्बा एवं निवर्तमान प्रवक्ता पर्शु बस्नेत सहितको टोलिले नोभेम्बर…
तीतोपाटी डटकम-कुवेत सिटी-कुवेतमा घरेलु र आयातित मदिरा सहित ३ जना नेपाली पक्राउ परेका छन।उनिहरुलाई ९० बोतल मदिरा बिक्री गर्दैको अवस्थामा पक्राउ गरिएको हो। साल्मिया क्षेत्रमा नियमित गस्तीमा खटिएका सुरक्षाकर्मीलाई देखेर फुटपाथ क्षेत्रमा पार्किङ गरेको गाडीका चालक भाग्न खोजे पछी प्रहरीले पिछा गरी मदिरा बिक्रेतालाई पक्राउ गरेको हो। चालकलाई पक्राउ गर्दा…
तीतोपाटी डटकम-बोस्टन अमेरिका-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रकाशन 'साधनाको स्वर्ण वर्ष मुक्तकमणि तीर्थराज अधिकारी' कृति शनिबार सार्वजनिक भएको छ । अनेसासको साप्ताहिक साहित्यिक कार्यक्रम ' अनेसास संवाद' को ७४ औँ शृङ्खलामा उक्त कृति जुम प्रविधि मार्फत सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रा.डा. कुसुमाकर न्यौपाने र डा. जगन्नाथ रेग्मीले कृतिमाथि समालोचकीय दृष्टिकोण…
![]()