Sunday 18th October 2026

कामदारलाई यातना दिएर हत्या गरेको अभियोगमा कुवेती महिलालाई १० वर्षको जेल सजाय


घरेलु कामदारलाई यातना दिएर मारेको आरोपमा कुवेतीकी एक महिलालाई फौजदारी अदालतले १० वर्ष कैद सजाय सुनाएको छ।उनका श्रीमानलाई भने एक वर्षको जेल सजाय तोकिएको छ। यस सम्बन्धि समाचार कुवेतबाट प्रकाशित हुने अनलाइन पत्रिका अरब टाइम्समा प्रकाशित भएको छ ।

परिचय नखुलाईएकी ति कुवेती महिलामाथि घरेलु कामदारलाई बारम्बार कुटपिट र यातना दिएको तथा शरीरभरि आगो लगाएको अभियोग लगाइएको थियो।उनलाई लामो समयसम्म कुटपिटबाट शरीरमा चोटपटक लाग्दा पनि काम गर्न बाध्य पारेको र यसैको कारण मृत्यु भएको अभियोगसमेत लगाइएको थियो ।

आफ्नो संरक्षणमा रहेकी घरेलु कामदारको हेरचाह गर्ने दायित्व पूरा नगरेकोमा ति महिलाको पतिलाई पनि दोषी ठहराइएको हो।

यातना दिएर मारिएकी घरेलु महिला कामदारको विवरण भने गोप्य राखिएको छ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...