Sunday 18th October 2026

कुवेतमा दैनिक २० महिलाले गर्छन् सम्बन्धविच्छेद


बहुविवाहले प्रश्रय पाइरहेको खाडी मुलुक कुवेतमा हरेक वर्ष सम्बन्धविच्छेद गर्ने महिलाको संख्या बढ्दो छ। तथ्यांक अनुसार कुवेतमा दैनिक २० जना महिलाले सम्बन्धविच्छेद गर्ने गरेको पाइएको हो । तीमध्ये १५ महिला कुवेती र बाँकी विदेशी हुनेगरेको छ।

कुवेतको केन्द्रीय तथ्यांक विभागकाअनुसार पछिल्लो पाँच वर्षमा सम्बन्धविच्छेदका घटना बढेका छन् । सन् २०१६ देखि २०२० सम्म सम्बन्ध विच्छेदको दर दैनिक २० पुगेको छ जसमा १५ मुद्दा कुवेती महिला नागरिकसँग र ५ मुद्दा विदेशी महिलासँग सम्बन्धित छन्।

पछिल्लो ५ बर्षको तथ्यांकअनुसार सम्बन्ध विच्छेदका मुद्दाहरूको जम्मा संख्या ३६ हजार ३४५ पुगेको छ। जसमा कुवेती महिलाहरूको मात्र २६ हजार ५७६ मुद्दाहरू छन्। सम्बन्धविच्छेद गर्ने कुवेती महिलाहरुको श्रीमानहरु मध्ये २२ हजार ६२६ कुवेती पुरुषहरू (८५ प्रतिशत) र ३ हजार ९५० गैर–कुवेतीहरू(१५ प्रतिशत) रहेका छन्।

गत वर्ष भने कोरोना महामारीका कारण सम्बन्धविच्छेदका घटनामा कमी आएको तथ्यांकले देखाएको छ।

तथ्यांकमा यस्तो छः–

सन् २०१६– जम्मा ७ हजार २२३ जसमा ५ हजार २५९ कुवेती महिलाहरू छन्।४ हजार ३८६ कुवेती पति र ८७३ गैर–कुवेती पतिहरू

सन २०१७ – जम्मा ७ हजार ४३३ जसमा ५ हजार ४०२ कुवेती महिलाहरू छन्।४ हजार ५१० कुवेती पति र ८९२ गैर–कुवेती पतिहरू

सन २०१८– जम्मा ७ हजार ८६९ जसमा ५ हजार ७६४ कुवेती महिलाहरू छन्।४ हजार ८३९ कुवेती पति र ९२५ गैर–कुवेती पतिहरू

सन २०१९– जम्मा ७ हजार ८८८ जसमा ५ हजार ८४७ कुवेती महिलाहरू छन्।४ हजार ९३८ कुवेती पति र ९१९ गैर–कुवेती पतिहरू

सन २०२० –जम्मा ५ हजार ९३२ जसमा ४ हजार २९४ कुवेती महिलाहरू छन्।३ हजार ९५३ कुवेती पति र ३४१ गैर–कुवेती पतिहरू
साभार – अरब टाइम्स


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...