रसुवाको भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहानसम्म चितवनसहित विभिन्न जिल्लाबाट शव फेला परेका छन्, जसमा सबैभन्दा धेरै चितवनमा २७२ शव भेटिएका छन्। बाढीपछि ४,२४७ जना अझै सम्पर्कविहीन छन्। उनीहरूमध्ये सुरक्षाकर्मी, सरकारी…
रसुवा स्थित भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ७८१ पुगेको छ भने ३,००० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन्। गत बुधबार आएको हिम, चट्टान, माटो र ढुंगामिश्रित भीषण बाढीले नेपालका रसुवा, नुवाकोट धादिङ जिल्ला लगायतका नदी किनारका बस्तीहरूमा व्यापक क्षति पुर्याएको हो। नेपालमा…
रसुवा, नुवाकोट, धादिङ क्षेत्रमा आएको विनाशकारी बाढीपछिको राहत तथा उद्धार कार्यमा सहयोग गर्न चीनबाट ५० टन आपत्कालीन राहत सामग्री बोकेका दुई ठूला विमान आइतबार काठमाडौं आइपुगेका छन्। काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार चेङ्दु सुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेका ती विमानहरू करिब तीन घण्टाको यात्रापछि बिहान ७ बजे काठमाडौं अवतरण गरेका हुन्।…
चीनको स्वसाशित क्षेत्र तिब्बतबाट भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्य तीव्र रूपमा जारी रहेको छ। बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा कार्यरत करिब ९०० कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् । उनीहरू मध्ये कतिलाइ बाढीले बगाएको आशंका गरिएको छ भने कतिपय अझै विभिन्न जलविद्युत् आयोजनाका सुरूङभित्र फसेको…
नेपालको भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार, खोजी तथा राहत कार्यका लागि अन्तर्राष्ट्रिय सहयोग बढ्दै गएको छ। युरोपेली आयोगले प्रभावित परिवार र समुदायलाई राहत उपलब्ध गराउन २० लाख युरो बराबरको आकस्मिक मानवीय सहायता घोषणा गरेको छ। अमेरिकाले पनि रसुवामा आश्रयस्थलका रूपमा प्रयोग भइरहेका विद्यालयहरूका लागि खाद्यान्न तथा…
रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि सरकारले दोस्रो दिन पनि तीव्र रूपमा प्रयास जारी राखेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई थप तीव्र बनाइएको छ। सुरुङभित्र मानिस फसेको जानकारी प्राप्त भएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गर्दै लेदो तथा भग्नावशेष हटाएर…
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ५९७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार साँझ ७ बजेसम्म उक्त संख्यामा शव फेला परेको हो। प्राधिकरणका अनुसार हालसम्म १,९२४ जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा नेपाल प्रहरीका २८ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी…
नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार कार्य अझै जारी रहेको छ। पहिरोपछि बनेको अस्थायी ताल फुट्न सक्ने जोखिमका कारण केही समय रोकिएको उद्धार अभियान पुनः सञ्चालनमा ल्याइएको छ। चिनियाँ अधिकारीहरूले तालको अवस्थाबारे निगरानी गर्न सिसिटिभी जडान गरिरहेका छन्। नेपालमा मृत्यु हुनेको संख्या ४७५ पुगेको छ भने ९०० भन्दा बढी…
नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ४६९ पुगेको छ भने १,३०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन्। उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। बाढीपछि पहिरोले बनाएको अस्थायी ताल फुट्न सक्ने जोखिम बढेपछि चीनले प्रभावित क्षेत्रमा…
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नेपाल टेलिकमले प्रभावित क्षेत्रका सेवाग्राहीलाई दुई दिनका लागि निःशुल्क टेलिफोन, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराएको छ। प्रभावित ग्राहकले प्रतिदिन २ जीबी डाटा, ५० वटा एसएमएस र अनलिमिटेड भ्वाइस सेवा पाउनेछन्। बाढीका कारण रसुवा र नुवाकोटमा गरी ७ वटा टेलिकम टावरमा क्षति पुगेको प्रारम्भिक…
![]()