Tuesday 22nd September 2026

प्रधानमन्त्री अमेरिका प्रस्थान, स्वर्णिम वाग्ले कार्यवाहक प्रधानमन्त्री


प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा सरकारको कामकाज सञ्चालन गर्न वाग्लेको नाम सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा राष्ट्रपतिले उनलाई कार्यवाहक प्रधानमन्त्री नियुक्त गरेका हुन्।

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघ महासभामा असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने असोज १० गते स्वदेश फर्किने तालिका छ।


सम्बन्धित शीर्षकहरु

विश्व अहिले युद्ध, आर्थिक संकट, जलवायु परिवर्तन र राजनीतिक अस्थिरताका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको छ। इरान र युक्रेनका युद्ध झन्…

मध्यपूर्वमा बढ्दै गएको युद्ध र तनावले एउटा गम्भीर प्रश्न खडा गरेको छ—युद्ध फैलिँदा आखिर सुरक्षित को छ? अमेरिका–इजरायल र इरानबीचको…

जर्मनीमा अटोमोबाइल उद्योग गम्भीर संकटमा परेपछि हजारौं अटो उद्योगका कामदारहरूले देशव्यापी प्रदर्शन गरेका छन्। श्रमिक संगठन आईजी मेटल (IG Metall)…

प्रतिकृयाहरू
...