तितोपाटी- फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ क्वालिफायरको पहिलो खेल नेपालले बिहीबार (आज) विपक्षी टोली कुवेतसँग खेल्दैछ ।सोहि खेल मैदानमा सम्पूर्ण कुवेतमा कार्यरत नेपाली दाजु भाइ तथा दिदि बहिनिहरुलाई समयमै उपस्थितका लागि अनुरोध गरिएको छ। नेपाली टोलीले बिहीबार स्थानीय समय अनुसार ७ बजेर ४५ मिनेटमा कुवेतविरुद्ध कुवेतको घरेलु मैदान…
तितोपाटी तीन साताअघि वैदेशिक रोजगारीका लागि साउदी अरेबियाका लागि उडेका दुई जना नेपाली महिला ओमानको विमानस्थलबाट बेपत्ता भएका छन्। काठमाडौँको एक मेनपावर कम्पनीबाट साउदी उडेका ती महिला श्रम स्वीकृति लिएर गएका थिए । तर, कसरी ट्रान्जिटबाटै कहाँ बेपत्ता भए भन्ने विषयमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले छानविन थालेको छ। प्रारम्भिक…
तितोपाटी-आज नेपाली हिन्दू महिलाहरुको महत्वपूर्ण पर्व– हरितालिका तीज । हरितालिका तीजमा चेलीबेटीहरु माइतीमा आएर विभिन्न तीजका गीतमा रमाउँछन्- नाच्छन् गाउँछन् । ‘तीजको लहर आयो बरी लै…’ यो सदाबहादर गीत भैहाल्यो । हरेक तीजमा बज्छ नै र बजाइन्छ पनि । चेलीबेटीहरु यी गीतमा मस्त रमाउँछन् । वास्तवमा यो गीतले नेपाली चेलीका…
मनिषा आचार्य - म साँझतिर कामविशेषले नजिकैको हार्डवेयर पसलमा गएकी थिएँ । पसलको अघिल्तिर ३२-३३ वर्ष उमेरका जस्तो देखिने एकजना दाइ बसेका थिए । बिहानै पसल खोलेर होला, पसले दाइ सामान यताउता मिलाउँदै झर्कोलाग्दो पाराले उक्त व्यक्तिसँग कुराकानी गरिरहेका थिए । उनले पसलेलाई भन्दै थिए, ‘दाइ तलब आएपछि दिइहाल्छु ।…
तितोपाटी - पत्रकार तथा सञ्चारमाध्यमलाई सामाजिक सञ्जाल प्रयोगमा सजग गराउँदै नेपाल प्रेस काउन्सिल र पत्रकार महासंघले आचारसंहिता संशोधन गरेका छन् । आगामी असोज ६ गतेबाट लागू हुने आचारसंहितामा पत्रकारका लागि कडा प्रावधानहरु छन् । प्रेस काउन्सिलको स्वर्ण जयन्तीका अवसरमा असोज ६ गते राष्ट्रपतिबाट पत्रकार आचारसंहिता सार्वजनिक गरिने अध्यक्ष किशोर श्रेष्ठले…
तितोपाटी - सुडान घोटाला काण्डमा मुछिएका नेपाल एजेन्ट शम्भु भारती पक्राउ परेका छन् । शुक्रबार विहान भारतीलाई भैंसेपाटीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुख डिआईजी निरज शाहीले जानकारी दिए । विशेष अदालत काठमाडौंले सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको एपीसीमा २८ करोड ४० लाख भ्रष्टाचार भएको ठहर गर्दै एस्युर्ड…
तितोपटी - पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सन्चारकर्मी रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । लामिछानेलाई पाँच लाख, सँगै पक्राउ परेका पत्रकार युवराज कँडेललाई तीन लाख रुपैयाँ र रुकु भनिने अस्मिता कार्कीलाई साधारण तारेखमा छाड्न चितवन जिल्ला अदालतले सोमबार आदेश दिएको हो । कार्कीलाई पीडितमा…
समय बिहान :बिहान ९ः३० स्थान :प्रधानमन्त्री निवास बालुवाटार केपी ओली : (नेकपा सचिवालय बैठक प्रारम्भ गर्दै) आज एजेन्डामा छलफल हुन्न । बैठकले मेरो स्वास्थ्यलाभको कामना गरोस् । म तपाईंहरूका शुभकामना लिएर उपचारमा जान्छु । मैले आफू नभएका बेला अब पार्टीको बैठक बस्ने र निर्णय लिने गरी प्रचण्डजी (पुष्पकमल दाहाल) लाई…
तितोपाटी- कुबेत पुगेको ४५ दिनमै ज्यान गुमाएका पाल्पाका याम बहादुर गाहाको परिवारलाई माथागढी गाँउपालिकाले नि:शुल्क बिमा र छोराको पढाइमा सहयोग गर्ने भएको छ । माथागढी ५ हात्तीलुङका ३५ वर्षीय गाहाको यही साउन १५ गते कम्पनीमा काम गरिरहेको बेला मरुभूमिको ढिस्कोले पुरिएर ज्यान गएको स्थानीयले जनाएका छन् । याम बहादुरकी श्रीमती…
१५ दिनभित्र सात करोड नतिरे लाइसेन्स रद्द दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल)लाई फ्रिक्वेन्सी दस्तुरको बक्यौता बुझाउन १५ दिने अल्टिमेटम दिएको छ । व्यवसायी अजेयराज सुमार्गीसमेतको लगानी रहेको हेलो नेपालले सरकारलाई फ्रिक्वेन्सी दस्तुरबापत ७९ करोड ९२ लाख २७ हजार रुपैयाँ बुझाउन बाँकी छ । बक्यौतामध्ये सात करोड रुपैयाँ १५ दिनभित्र भुक्तानी…