Wednesday 14th October 2026

मृत्यु भएका पर्यटकको पहिचान खुल्यो, आठैजना भारत केरलाका


तितोपाटी-मकवानपुरको थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस अवस्थामा भेटिएका ८ जना पर्यटकको पहिचान खुलेको छ । भारतको केरलाबाट नेपालका विभिन्न स्थान घुम्ने क्रममा दामन आइपुगेका भारतीय नागरिकको मृत्यु भएको हो ।

मृत्यु भएका आठै जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले बताए । उनका अनुसार मृत्यु हुनेमा भारत केरला बस्ने ३८ वर्षका रन्जित कप, इन्द्र, वर्ष ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीया अभी, ७ वर्षीया अर्चना, पाँच वर्षका वैष्णव र ९ वर्षीया बन्द्रा कप रहेका छन् ।
भारत केरलाका पोखरा घुमेर दामन घुम्न आएका उनीहरूको समूहमा १५ जना रहेको प्रहरी निरिक्षक कुर्मीले बताए । उनिहरु बा.३ क. ३६८८ नम्बरको बस भाडामा लिएर दामन आएका थिए । १५ जनाले ४ वटा रुम बुक गरी बसेको प्रहरीले जनाएको छ ।
मृत्युु भएकाहरुले कोठामा हिटर बाली सुतेको र बिहान ८ बजेसम्म नउठेपछि सँगै आएका साथीहरुले खोजी गर्दा कोठामा बेहोस अवस्थामा फेला परेको र हेलिकप्टरमार्फत् हेम्स अस्पताल काठमाडौं पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको कुर्मीले जानकारी दिए । साभार शिलापत्र


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...