Friday 16th October 2026

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने


काठमाडौं, चैत २२ — पोर्चुगल सरकारले काठमाडौंमा आफ्नो कन्सुलर कार्यालय स्थापना गर्ने घोषणा गरेको छ। पोर्चुगलको विदेश मन्त्रालयले आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गर्दै यस कदमले नेपाल–पोर्चुगल सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ। यो निर्णयले दुई देशबीच आपसी हित, सहकार्य र कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

कन्सुलर कार्यालय सञ्चालनमा आएपछि नेपाली नागरिकले भिसा, कागजात प्रमाणीकरण तथा अन्य कन्सुलर सेवाका लागि भारतको नयाँदिल्ली धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ। विशेषगरी पोर्चुगलमा बसोबास गर्ने ठूलो नेपाली समुदाय र नेपालबाट सेवा लिनुपर्ने नागरिकलाई यसले ठूलो राहत दिने विश्वास गरिएको छ। यसअघि यस्ता सेवाका लागि लामो समय र अतिरिक्त खर्च बेहोर्नुपर्ने अवस्था रहेको थियो।

यस कदमले व्यापार, लगानी, पर्यटन, ऊर्जा, कृषि र प्रविधि क्षेत्रमा द्विपक्षीय सहकार्यलाई समेत प्रवर्धन गर्ने अपेक्षा गरिएको छ। यसअघि नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलबीच भएको टेलिफोन वार्तामा पोर्चुगलमा रहेका नेपाली नागरिकले भोगिरहेका कानुनी तथा प्रशासनिक समस्यामा सहजीकरणको विषयमा छलफल भएको थियो। पोर्चुगल पक्षले यसलाई मानवीय दृष्टिकोणबाट समाधान गर्ने आश्वासन दिएको बताइएको छ।


सम्बन्धित शीर्षकहरु

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

प्रतिकृयाहरू
...