Wednesday 14th October 2026

प्रतिनीधि सभाको सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित


तितोपाटी – नेकपाका सांसद अग्निप्रसाद सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्। सापकोटाको विपक्षमा कसैले पनि उम्मेदवारी नदिएको कारण प्रतिनिधिसभाको नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम निर्विरोध निर्वाचित भएका हुन्। आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो ।

प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए। सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रस्ताव गरेका थिए भने उक्त प्रस्तावलाई देव गुरुङ, ओनसरी घर्ती र लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए ।

यस अघि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सभामुख निर्वाचित गर्न यथेष्ठ मत रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधि सभाको सभामुख पदको आसन्न निर्वाचनमा आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैमा तटस्थ रहनु पर्ने पद भएको कुरालाई ध्यानमा राख्दै नेपाली काँग्रेसले संसदीय दल आफ्नो तर्फबाट प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेपछि ठाकुरले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

सापकोटालाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा सपथ गराउनेछिन्। निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत महिलामाथि बलात्कार प्रयासको आरोप लागेपछि सभामुखबाट असोजमा राजीनामा गरेका थिए। गत सोमबार उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि राजीनामा गरेपछि नेकपाले सभामुखमा अग्नि सापकोटालाइ उम्मेदवार बनाएको थियो ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...