तितोपाटी - लकडाउन उल्लंघन गर्दै सीमा वारपार गर्न खोज्ने ११ बंगाली मुसलमानलाई सोमबार घेराबन्दीमा पारी प्रहरीको जिम्मा लगाइएको छ । उनीहरूलाई दसगजा नजिकको मनरा सिसवा नगरपालिका–८ स्थित सहसराम र बथनाहाबीचको बगंैचामा लुकिबसेको अवस्थामा देखेपछि गाउँलेले सुरक्षाकर्मीलाई खबर गरेका थिए । वडाध्यक्ष बलिराम रायका अनुसार बिहान करिब ६ बजेतिर दसगजा आसपासका…
तितोपाटी- सुदूरपश्चिममा चौंथो कोरोना संक्रमित महिला पनि कोरोनालाई जितेर घर फर्किएकी छिन्। कैलालीको लम्की चुहा नगरपालिका १ कि ५० वर्षीय पाना बिक आज सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन्।लगातार दुईपटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। वीरगञ्जबाट आएर १२ दिन क्वारेन्टाइनमा बसेकी उनलाई २२ चैतमा…
तितोपाटी- समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकीकरण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । दुवै पार्टीका शीर्ष नेताहरुबीचको लामो छलफलपछि बुधबार अबेर राति पार्टी एकीकरणको टुंगो लागेको हो । सरकारले पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एक ठाउँमा ४० प्रतिशत सदस्य भए पार्टी विभाजन गर्न सकिनेगरी अध्यादेश…
तितोपाटी- काठमाडौंमा २ जना नर्सलाई आरडीटी गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा गरिएको डाइग्नोस्टिक परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो । आरडीटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरूलाई पीसीआर विधिबाट परीक्षण गरिने भएको छ । उनीहरू दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको छ ।…
तितोपाटी- भारतको महाराष्ट्रमा कोरोना भाइरसकाे संक्रमण लगातार बढी रहेको छ। मुम्बई सहरमा कोरोनाको रिपाेर्टिङ गरिरहेका पत्रकारमा पनि काेराेना पोजिटिभ देखिएको छ। ५३ जना पत्रकारलाई कोरोना लागेकाे पुष्टि भएको आजतकले जनाएको छ। उनीहरुलाई आइसोलेसनमा पठाइएको छ। यसरी कोरोना पुष्टि भएका अधिकांशमा काेराेनाकाे कुनै पनि लक्षण देखिएको थिएन।१७१ पत्रकारको कोरोना परीक्षण गर्दा…
तितोपाटी- उदयपुर मस्जिदकै थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास विकास देवकोटाले कोरोना भाइसरसकं संक्रमण भएको पुष्टि गरेका हुन्। संक्रमितको उमेर ३८ वर्ष भएको समेत उनले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ। यसअघि…
तितोपाटी- नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । शनिबार थप एक नयाँ संक्रमितको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार एक ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्रै १४ जना नयाँ संक्रमित भटिएका थिइ । हालसम्म नेपाल ८ हजार बढी पिसीआर परीक्षण गराउदा ३१ जना…
तितोपाटी- नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार थप १४ जनामा पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार पुष्टि भएका मध्ये उदयपुर जिल्लाका १२ जनामा संक्रमण देखिएको छ । सबै पुरुषहरू क्रमश ; ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय)…
हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा हाल सम्म ४ नेपाली सहित ९१० जना संक्रमित भएका छन । कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा एक नेपाली सहित ५५ जनामा कोरोना संक्रमण देखिएको हो जसमा ३६ जना भारतीय नागरिक रहेका छन। केही दिन देखिको…
तितोपाटी- राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९) संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य लाभको कामना गरेकी छन्। राष्ट्रपति भण्डारीले बुधबार अपराह्न महारानी एलिजाबेथ द्वितीयालाई एक सन्देश पठाउँदै उपचाररत प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। राष्ट्रपति भण्डारीले नेपाल बेलायतबीच विद्यमान करीब दुई सय वर्षको सम्बन्ध स्मरण…
![]()