Friday 7th August 2026

विश्वभर ७८ जना गैरआवासीय नेपालीहरुको मृत्यु, ५ हजार भन्दा बढि संक्रमित


तितोपाटी – विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ४१ लाख भन्दा बढि मानिसहरू संक्रमित भइ २ लाख ८० हजार भन्दा बढीको मृत्यु र १४ लाख ४७ हजार भन्दा बढि निको भइसकेको अहिलेको परिप्रेक्ष्यमा  मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ भने अहिले सम्म नेपाल  बाहिर २९ देशमा रहेका नेपालीहरूमा ५ हजार भन्दा बढी नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो।

यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा ६, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १, बहराइन १, स्वीडेन १ जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ भने नेपाल बाहेक विश्वभर ५ हजार ४ सय ७२ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् भने पछिल्ला केहि हप्ता यता मध्यपूर्वका देशहरूमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढिरहेको देखिएको छ ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार ९ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ भने बाँकी २० देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन्।

 


सम्बन्धित शीर्षकहरु

बेलायतको Heathrow Airport मा कार्यरत एक सुरक्षा अधिकारीले प्यालेस्टिनी झण्डा अंकित ब्याज हटाउन दिएको निर्देशनलाई धार्मिक तथा जातीय विभेद भएको…

किभ । रूसले गरेको पछिल्लो भीषण हवाई आक्रमणमा युक्रेनले एउटै पनि ब्यालेस्टिक मिसाइल अवरोध गर्न नसकेको युक्रेनी वायुसेनाले जनाएको छ।…

रियाद । एक वरिष्ठ साउदी अधिकारीलाई उद्धृत गर्दै अल अराबिया इङ्ग्लिसले हुथी विद्रोही, इराकस्थित इरान समर्थित सशस्त्र समूहहरू र इरानको…

प्रतिकृयाहरू
...