Monday 19th January 2026
पत्रपत्रिका बाट
Image

तितोपाटी- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बैठक सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्ने निर्धारित कार्यसूची रहेको छ । यसअघिको सचिवालय बैठकमा अर्का पुष्पकमल दाहाल (प्रचण्ड) ले पेस गरेको राजनीतिक प्रतिवेदनको ‘काउन्टर’मा…

Image

तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप १७ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ सय ३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।

Image

तितोपाटी- गुल्मीको इस्मा गाउँपालिकामा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । लु १ ज ११६६ नम्बरको जीप इस्मा गाउँपालिका ४ अन्तर्गत हुलबाट सदरमुकाम तम्घासतर्फ जाने क्रममा शुक्रबार बिहान हुलको स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी थप दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा…

Image

तितोपाटी- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्दैछ । शनिबार एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ । सचिवालय बैठकमा पेश गर्ने राजनीतिक प्रस्तावलाई ओलीले अन्तिम चरणमा पुर्‍याएको उनी निकटका नेताहरुले बताएका छन् । आफु निकट सचिवालय र…

Image

तितोपाटी-  नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गरेका छन् । आज साँझ शितल निवासमा भण्डारी श्रृंगलाविच भेट भएको हो । भेटमा नेपाल भारत सम्वन्ध र दुईपक्षीय हितका विषमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि प्रधानमन्त्री निवास…

Image

तितोपाटी- नेपालमा आज थप १ हजार ६ सय १४ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १ हजार ६ सय १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० जना…

Image

तितोपाटी- भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि नेपाल आइपुगेका छन् । विदेश सचिव श्रृंगला इन्डियन एयर फोर्सको विमानबाट बिहान १०ः४० मा काठमाडौं आएका हुन्। परराष्ट्रसचिव भरतराज पौडेलेको निमन्त्रणमा उनी नेपाल आएका हुन् । यसलाई विगतका उच्चस्तरीय भ्रमणको निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणको पहिलो…

Image

तितोपाटी- राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष मुकुन्द रोकासहित परिवारका सदस्यहरू चढेको गाडी त्रिशुली नदीमा खसेको छ । उनीसहित परिवार चढेको लु१च ९७३१ नम्बरको पिकअप भ्यान कुरिनटार नजिकैबाट त्रिशुलीमा खसेको हो । प्युठानबाट उपचारका लागि बिरामी लिएर काठमाडाैं आउँदै गरेको भ्यान दुर्घटना हुँदा घाइते भएका राेकाको पुरानो…

Image

तितोपाटी- अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाएइएको छ। लुम्बिनीको राजधानी फेर्नका लागि पौडेलले अर्थमन्त्रीको पदसँग राजधानी साटेको भन्दै कांग्रेसले कालो झण्डा देखाएको हो। नेपाल विद्यार्थी संघ र तरुण दलले अर्थमन्त्री पौडेललाई कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेका हुन्। मन्त्री पौडेललाई नेपालगञ्ज रोडमा कालो झण्डा देखाएर विरोध प्रदर्शन गरिएको थियो।…

Image

तितोपाटी- पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ७९० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । त्यस्तै, आज थप २ हजार ७९१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ४…