Friday 11th September 2026

नेकपा सचिवालय बैठक शनिबार, प्रधानमन्त्री ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने


तितोपाटी- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्दैछ । शनिबार एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

सचिवालय बैठकमा पेश गर्ने राजनीतिक प्रस्तावलाई ओलीले अन्तिम चरणमा पुर्‍याएको उनी निकटका नेताहरुले बताएका छन् । आफु निकट सचिवालय र स्थायी कमिटी सदस्यहरुसँग छलफल गरी ओलीले प्रतिवेदन तयार गरेका हुन् ।

उनले शनिबारको बैठकमा यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको प्रतिवेदनको जवाफ दिने कार्यसूची छ । प्रधानमन्त्री ओलीको प्रतिवेदनपछि पार्टी विवाद थप चुलिने आंकलन गरिएको छ ।

दाहालले ओलीलाई पार्टी पद्धती र विधान अनुरुप नचलाएको आरोप लगाएका छन् । पार्टीभित्र विवाद बढ्दै जाँदा नेकपाका अध्यक्ष ओली र दाहाल एक अर्का विरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

राजदूत नियुक्ति, मन्त्रीपरिषदमा हेरफेर, कर्णाली विवाद, भारतीय जासुसी संस्थाका प्रमुखको नेपाल भ्रमणलगायत विषयलाई लिएर नेकपामा विवाद छ ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...