Saturday 20th April 2024

नेकपा सचिवालय बैठक शनिबार, प्रधानमन्त्री ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने


तितोपाटी- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्दैछ । शनिबार एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

सचिवालय बैठकमा पेश गर्ने राजनीतिक प्रस्तावलाई ओलीले अन्तिम चरणमा पुर्‍याएको उनी निकटका नेताहरुले बताएका छन् । आफु निकट सचिवालय र स्थायी कमिटी सदस्यहरुसँग छलफल गरी ओलीले प्रतिवेदन तयार गरेका हुन् ।

उनले शनिबारको बैठकमा यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको प्रतिवेदनको जवाफ दिने कार्यसूची छ । प्रधानमन्त्री ओलीको प्रतिवेदनपछि पार्टी विवाद थप चुलिने आंकलन गरिएको छ ।

दाहालले ओलीलाई पार्टी पद्धती र विधान अनुरुप नचलाएको आरोप लगाएका छन् । पार्टीभित्र विवाद बढ्दै जाँदा नेकपाका अध्यक्ष ओली र दाहाल एक अर्का विरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

राजदूत नियुक्ति, मन्त्रीपरिषदमा हेरफेर, कर्णाली विवाद, भारतीय जासुसी संस्थाका प्रमुखको नेपाल भ्रमणलगायत विषयलाई लिएर नेकपामा विवाद छ ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...