Saturday 10th October 2026

भारतीय विदेश सचिवद्धारा राष्ट्रपति र प्रधानमन्त्री सँग शिष्टाचार भेट


तितोपाटी-  नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गरेका छन् । आज साँझ शितल निवासमा भण्डारी श्रृंगलाविच भेट भएको हो । भेटमा नेपाल भारत सम्वन्ध र दुईपक्षीय हितका विषमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा ओली र श्रृंगलाविच शिष्टाचार भेट भएको थियो । भेटमा दुई पक्षीय हित, आपसी सहयोग आदान प्रदान, नेपाल–भारतबीच उत्पन्न समस्या समाधान लगायतका विषयमा कुरा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दुई दिने भ्रमणका लागि आज विहान काठमाडौं आएका भारतीय विदेश सचिव श्रृंगला भोलि गोरखा र मनाङमा भारतीय सहयोगमा निमार्ण भइरहेको घर र गुम्बाको अवलोकन गर्न जाने कार्यक्रम रहेको छ । शृङलाले शुक्रबार नै कूटनीतिज्ञ एवं अन्तर्राष्ट्रिय मामिला जानकारलाई काठमाडौंमा सम्बोधन गर्ने कार्यक्रम पनि छ । उनी भोली नै स्वदेश फर्कनेछन । गतवर्ष जनवरीमा पदभार सम्हालेयता विदेश सचिव श्रृङगलाको यो पहिलो नेपाल भ्रमण हो । उनी आज विहान काठमाडौं आएका हुन ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

प्रतिकृयाहरू
...