Friday 29th March 2024

भारतीय विदेश सचिवद्धारा राष्ट्रपति र प्रधानमन्त्री सँग शिष्टाचार भेट


तितोपाटी-  नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गरेका छन् । आज साँझ शितल निवासमा भण्डारी श्रृंगलाविच भेट भएको हो । भेटमा नेपाल भारत सम्वन्ध र दुईपक्षीय हितका विषमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा ओली र श्रृंगलाविच शिष्टाचार भेट भएको थियो । भेटमा दुई पक्षीय हित, आपसी सहयोग आदान प्रदान, नेपाल–भारतबीच उत्पन्न समस्या समाधान लगायतका विषयमा कुरा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दुई दिने भ्रमणका लागि आज विहान काठमाडौं आएका भारतीय विदेश सचिव श्रृंगला भोलि गोरखा र मनाङमा भारतीय सहयोगमा निमार्ण भइरहेको घर र गुम्बाको अवलोकन गर्न जाने कार्यक्रम रहेको छ । शृङलाले शुक्रबार नै कूटनीतिज्ञ एवं अन्तर्राष्ट्रिय मामिला जानकारलाई काठमाडौंमा सम्बोधन गर्ने कार्यक्रम पनि छ । उनी भोली नै स्वदेश फर्कनेछन । गतवर्ष जनवरीमा पदभार सम्हालेयता विदेश सचिव श्रृङगलाको यो पहिलो नेपाल भ्रमण हो । उनी आज विहान काठमाडौं आएका हुन ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...