Saturday 10th October 2026

इरानी वैज्ञानिकको हत्या, संयमता अपनाउन राष्ट्रसंघको आग्रह


तितोपाटी- संयुक्त राष्ट्रसंघले मध्यपूर्वमा संयमता अपनाउन आग्रह गरेको छ । इरानका एकजना वैज्ञानिकको हत्या भएपछि संयुक्त राष्ट्रंघले सो आग्रह गरेको हो । ती वैज्ञानिकको हत्यापछि त्यहाँ हुनसक्ने हिंसाको मध्यनजर गर्दै सो कुरा बताएको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो आग्रह गरेका हुन्। महासचिव गुटर्रेसका प्रवक्ता फराह हकले बिहीबार प्रकाशित गरेको विज्ञप्तिमा सो आग्रह गरिएको छ । उपप्रवक्ता हकद्धारा प्रकाशन गरिएको सो विज्ञप्तिमा भनिएको छ, हामीलाई लाग्छ सो क्षेत्रमा अब कुनै पनि किसिमको हत्या हिंसाको अवस्था आउन भएन, त्यसका लागि अहिले नै संयमता अपनाउनु जरुरी छ।

यस अघि इरानको राजधानी तेहरान नजिकै इरानका वरिष्ठतम परमाणुवैज्ञानिक मोहसिन फख्रिजादेहको हत्या  भएकाे त्यहाँको रक्षा मन्त्रालयले पुष्टि गरेको थियो ।

इरानको गोप्य पारमाणविक कार्यक्रममा फख्रिजादेहको मुख्य भूमिका रहेको पश्चिमा गुप्तचर निकायहरूको विश्वास रहिआएको छ । इरानले आफ्नो पारमाणविक कार्यक्रम नितान्त रूपमा शान्तिपूर्ण उद्देश्यका लागि रहेको बताउँदै आएको छ । गैरसैनिक ऊर्जा उत्पादन र सैनिक अस्त्र निर्माण दुवैका कार्यका लागि इरानमा प्रवर्द्धित युरेनियम  महत्त्वपूर्ण मानिन्छ ।

 


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

प्रतिकृयाहरू
...