तितोपाटी- सत्तारूढ नेकपाको सचिवालयमा दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका प्रस्ताव स्थायी कमिटीमा छलफल हुने भएको छ । शनिबार बसेको सचिवालय बैठकले पूर्व निर्धारित समयमा आइतबार १ बजे नै स्थायी कमिटी बैठक बस्ने र सोहि बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गर्ने निर्णय गरेको हो…
तितोपाटी- शनिबार थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १ हजार २४ जनामा कोरोना पुष्टि भएको छ । आज ६ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा ४०२ जना महिला र ६२२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि…
तितोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै शुक्रबार हेटौंडामा मोटरसाइकल र्याली प्रदर्शन गरेको छ । पार्टी कार्यालय सानोपोखराबाट नाराबाजीसहित निस्किएको ¥यालीले बजार परिक्रमा गरेको थियो । र्यालीपछी आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी, युवा नेता राजाराम बर्तौला लगायतले जनताले परिबर्तन खोजेको र त्यो…
तितोपाटी- पछिल्लो २४ घण्टामा १२ सय ७२ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ६७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरै थपिएका १२ सय ७२ सहित संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको…
तितोपाटी- जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका–११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई स्थानीय ५० वर्षीया महिलाको हत्या गरेको कसुरमा जन्मकैद सजाय र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले २५ वर्षीय रोशन राउतलाई डोरकुमारी राउतको हत्या गरेको कसुरमा आजीवन कारावास (जन्मकैद) जेल सजाय…
तितोपाटी- पर्वतको महाशिलामा ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम शुरु भएको छ । रोजगारीको खोजीमा बर्सेनि गाउँपालिकाबाट पलायन दर बढ्दै जाने र पछिल्लो समय कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती बेरोजगार बनेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले यस्तो कार्यक्रम शुरु गरेको हो । गाउँमै स्वरोजगार सिर्जना गर्ने र सोही पेशाबाट आत्मनिर्भर बन्न…
तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ सय ४३ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ ।
तितोपाटी- काठमाडौंको गोकर्णेश्वरमा आमाछोरी मृत अवस्थामा भेटिएका छन् । गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बसोबास गर्दै आएकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ । शेर्पाकी ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा भने अचेत…
तीतोपाटी - गैरकानूनी रुपमा अन्तर्वार्ता लिएको भन्दै वैदेशिक रोजगार विभागले तीन कम्पनीलाई कारबाही गरेको छ । गत सोमबार र मङ्गलबार कतार पुलिसका लागि मागको पूर्वस्वीकृति नलिइकन अन्तर्वार्ता लिएको सूचनाका आधारमा विभागले तीनवटा म्यानपावर कम्पनीमा छापा मारेको थियो । विनास्वीकृति गोप्य रुपमा अन्तर्वार्ता लिएको भन्दै लाजिम्पाटमा रहेको होप इन्टरनेसनल प्रालि, धापासीमा…
तितोपाटी- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। पौडेल व्यास १, १० र ११ जोड्ने बुल्दी पुल उद्घाटनका लागि जाँदै थिए। पुल उद्घाटनका क्रममा झडप हुन सक्ने भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको थियो। दमौलीबाट नेपाली कांग्रेसका…
![]()