Saturday 10th October 2026

दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटीमा छलफल हुने


तितोपाटी- सत्तारूढ नेकपाको सचिवालयमा दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका प्रस्ताव स्थायी कमिटीमा छलफल हुने भएको छ ।

शनिबार बसेको सचिवालय बैठकले पूर्व निर्धारित समयमा आइतबार १ बजे नै स्थायी कमिटी बैठक बस्ने र सोहि बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गर्ने निर्णय गरेको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अब दुवै प्रस्ताव स्थायी कमिटीमा छलफल हुने जानकारी दिएका छन् । पार्टीको विवाद उत्कर्षमा पुगेको बेला यसअघि मङ्सिर १७ गते बसेको बैठकमा प्रधानमन्त्री ओली सहभागी नभएपनि आजको बैठकमा भने सहभागी भएका थिए ।

आजको बैठक अघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्ड लामो समयपछि आज वान टू वान छलफल गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

सासूको नाममा ब्रोकर कम्पनी, बीमा पुनर्बिमाको कमिसन, पत्नीको खाताबाट व्यक्तिगत खातासम्म रकम र कम्पनीको कार्यालयबाट बरामद विलासी गाडी—अभियोगपत्रले देखाएको कारोबारको…

भारतको युवा नेतृत्वको ककरोच जनता पार्टी (CJP) का संस्थापक अभिजीत दिपके लाई शनिबार नयाँ दिल्ली आइपुग्नेबित्तिकै प्रहरीले विमानमै चढेर नियन्त्रणमा…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको सभापतिमा गगनकुमार थापा बहुमतका साथ निर्वाचित भएका छन् । राष्ट्रिय सभागृहमा सम्पन्न मतगणनाको…

प्रतिकृयाहरू
...