Sunday 21st June 2026
पत्रपत्रिका बाट
Image

तितोपाटी- कुवेतस्थित नेपाली राजदूतावासमा कार्यरत श्रम सहचारी विपना ज्ञवालीको रक्त क्यान्सरको कारण गत शुक्रवारको दिन मृत्यु भएको छ। मृतक ज्ञवालीप्रती राजदूतावासले एक कर्मठ र लगनशील राष्ट्रसेवक गुमाएको भन्दै शोकको यस घडीमा ज्ञवालीका सम्पूर्ण शोकसन्तप्त परिवार प्रति गहिरो समवेदना प्रकट गरेको छ । रक्त क्यान्सरको कारणले अल्पायुमै ज्यान गुमाएकी कुवेतका लागि…

Image

तितोपाटी- रोजगारीका लागि साउदीको ताबुक पुगेकी झापाकी लीलामाया धिमाल (पासपोर्टमा अर्कै नामबाट साउदी पठाइएको ) ११ वर्षपछि उद्धार गरी स्वदेश पठाउन सफल भएको गैरआवासीय नेपाली संघ साउदीका प्रवक्ता बिष्णु न्यौपानेले जानकारी दिए । ताबुक शहरमा रहेको साउदी नागरिकको घरमा ११ बर्षसम्म  बिना तलब काम मात्र लगाउने र ती महिलालाई बन्धक…

Image

तितोपाटी-  साउदी सरकारले हालै मात्र थप ५८ जना अवैधानिक नेपाली कामदारहरूलाई बहिर्गमन भिसा (एक्जिट भिसा) को अवसर दिएको छ । यससँगै अवैधानिक कामदारलाइ बहिर्गमन भिसा दिने प्रकृयाको थालनी भएयता हालसम्म १ हजार ४०६ जना अवैधानिक नेपाली कामदारहरुलाई बहिर्गमन भिसा जारी गरिसकेको जनाइएकाे छ । साउदीस्थित नेपाली दूतावासका अनुसार परिचयपत्र (अकामा)…

Image

तितोपाटी- सरकारले कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा सूचीकृत नभए पनि नेपालका नागरिकलाई प्रयोगमा ल्याउन पाउने भएको छ । खोपसम्बन्धी चारवटा मापदण्डमध्ये दुई पूरा भएपछि खोपको स्वीकृति डब्लुएचओले नदिए पनि सरकारले नेपाली नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि ल्याउन पाउने भएको हो । पहिलो कोभिड–१९ विरुद्धको खोप डब्लुएचओमा…

Image

तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ११७५ जना संक्रमित निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५३ हजार १८४ जना पुगेको छ भने निको हुनेको संख्या २…

Image

तितोपाटी- आज डिसेम्बर १८ अर्थात अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ । सन् १९९० को दशकमा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रियस्तरमा आप्रवासी कामदार र तिनको परिवारको हक अधिकारका लागि संयुक्त रुपमा आवाज उठाउने गरी १९९० को डिसेम्बरमा महासन्धी पारित गर्‍यो । रोजगारी र…

Image

तितोपाटी- आज १८ डिसेम्बर अर्थात् २० औं अन्तर्राष्ट्रिय आप्रवासन दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । संयुक्त राष्ट्रसंघले १ डिसेम्बर, सन् १९९० मा आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरेको थियो । सन् १९९० मा महासन्धि पारित भए पनि आप्रवासी दिवस भने सन् २०००…

Image

तितोपाटी- कोरोना भाइरस (कोभिड-१९) का कारण बन्द भएको अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा आएयता झण्डै ९ हजार नेपाली भिजिट भिसामा यूएई पुगेका छन् । अध्यागमन विभागका अनुसार गत १६ भदौयता अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा आएपछि ८ हजार ९ सय ६४ नेपाली भिजिट भिसामा यूएई गएका हुन् । यो अवधिमा विभागले भिजिट…

Image

तितोपाटी- पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार २९ जना रहेको छ । हालसम्म निको…

Image

तितोपाटी- संसदीय समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ । सिंहदरबारमा शुक्रबार बसेको सार्वजनिक लेखा समितिले ओम्नीमार्फत् खरिद गरेको स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकाल्दै खरिद प्रक्रियामा संलग्नहरुलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिले सामग्री खरिदमा प्रचलित कानुन र प्रक्रिया मिचेको समेत निष्कर्ष निकालेको छ…