Sunday 2nd August 2026
पत्रपत्रिका बाट
Image

संवैधानिक आयोगमा सिफारिस भएका ३२ जनाले बुधबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा सपथ लिएका छन् । बुधबार राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  प्रमुख आयुक्तमा सिफारिस भएका प्रेम कुमार राईसहित  आयोगका अध्यक्षमा नियुक्त भएकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाट तथा सदस्यहरुले सम्बन्धित आयोगको प्रमुखबाट शपथ लिएका हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता…

Image

कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए। ‘पुनः श्रम स्वीकृति लिने बढी छन्’, निर्देशक न्यौपानेले भने, ‘स्वदेशमा अवसर नपाएका नयाँ युवाहरू पनि विदेश जाने क्रम बढेको छ।’ कोरोना संक्रमणका कारण फागुन अन्तिमदेखि…

Image

डा. गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गरेका छन् । उनले दुईबुँदे माग अघि सार्दै फागुन १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘आगामी कैयौं पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह…

Image

सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच वार्ताको प्रयास भइरहेका बेला खानेपानीमन्त्री मणि थापाले आज नख्खु जेलमा रहेका विप्लब समूहका नेता हेमन्तप्रकाश ओली (सुदर्शन) लाई भेटेका छन् ।आज विहान नख्खु कारागारमा गएर मन्त्री थापाले विप्लब समूहका नेता ओलीलाई भेट गरेका हुन् । आफूले विप्लब समूहका नेतालाई भेट गरेको थापाले…

Image

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्ष आधिकारिकताको माग दावी गर्दै निर्वाचन आयोग पुगेका छन्। अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालसहितका नेताहरु मंगलबार आयोगको कार्यालय पुगेका हुन्। यो समूहले आफूहरूलाई आधिकारिकता दिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ । अध्यक्षद्वय दाहाल र नेपालसहितका नेताहरू मंगलबार बिहान आयोग कार्यालय पुगेर…

Image

तितोपाटी- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्नि सापकोटाले संवैधानिक नियुक्तिको फाइल फिर्ता पठाएकोमा आपत्ति जनाएका छन् । सोमबार पत्रकार सम्मलेनमार्फत अध्यक्ष तिमिल्सिनाले आफूसँगको सल्लाहबिनै सभामुख सापकोटाले संवैधानिक नियुक्तिको फाइल फिर्ता पठाएको भन्दै असहमति व्यक्त गरेका हुन् । तिमिल्सिनाले संसद सचिवालयमा राष्ट्रियसभाको पनि प्रतिनिधित्व रहेको र त्यसले निर्णय गर्दा आफूलाई पनि…

Image

तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा निर्वाचन हुने बताएका छन् । ढल्केबर सवस्टेसनको उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तोकिएकै समयमा निर्वाचन हुने दावी गर्दै सबैलाई तयारी रहन समेत आग्रह गरेका छन् । ‘२०७८ साल वैशाख १७ र २७ गते चुनाव हुन्छ । तपाईंहरू त्यो दिनको तयारी गर्नुहोस् ।…

Image

प्रधानमन्त्री केपी ओलीले नेपालको अँध्यारो युग समाप्त भएको दाबी गरेका छन् । ‘१०५ वर्षअघि फर्पिङबाट चन्द्रज्योति भनेर सुरु गरिएको पिलपिले बत्तीको सुरुवात भयो, त्यो पिलपिले बत्ती माथि उठ्न नसकेर देशलाई १८ घन्टासम्म अन्धकार बनायो,’ धनुषाको ढल्केबरस्थित सबस्टेसनको उद्घाटन गर्दैै ओलीले भने, ‘अँध्यारो युग समाप्त भयो, अब देशमा चौतर्फी विकास हुन्छ…

Image

नेकपा प्रचण्ड माधव पक्षले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । यस्तै महासचिव विष्णु पौडेललाई सो पदबाट हटाएको छ । सोमबार बसेको प्रचण्ड नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । बैठकमा नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई पार्टीको साधारण सदस्यसमेत…

Image

तितोपाटी- कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव…