Friday 18th July 2025

मेरो ज्यान तलमाथि भइहाल्यो भने अनौठो नमान्नुहोला: प्रधानमन्त्री ओली


तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि कुनै शारीरिक हमला हुन सक्ने बताएका छन्। पोखरामा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेलामा सोमबार प्रधानमन्त्री ओलीले आफूमाथि प्रहार केन्द्रीत रहेको सुनाएका छन्।

यसो हुनुमा सरकारले प्रभावकारी र गतिशील ढंगले विकास निर्माणका काम गरिरहेको उनले उल्लेख गरेका छन्।
‘तपाईंहरू अनौठो नमान्नुहोला, यदी ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने अनौठो नमान्नुहोला,’ प्रधानमन्त्री ओलीले भने। तर यस्तो हुन नदिने उनले बताए। सतर्कता अपनाइने ओलीको भनाइ थियो। ‘तर त्यस्तो हुन दिइने छैन। सतर्कता अपनाउछौं। म रहिनँ भने पनि पार्टी र आन्दोलन छ। घुँडा टेक्न हुन्न। देश बनाउने र पार्टी अन्धकारमा पुर्‍याउन हुन्न,’ उनले भने। सरकारले विकास निर्माणका काम गरिरहेकोले आफूमाथि प्रहार केन्द्रीत रहेको ओलीको दाबी थियो।

‘विकासको बाटोमा तीब्र गतिले अगाडि बढेका छौं। त्यसैकारण देश, विदेशका तत्वहरू यस पार्टीलाई ध्वस्त पार्न कोशिस गरिरहेका छन्। लागेका छन्,’ उनले भने। उनले आफूमाथि प्रहार भइरहेको उल्लेख गर्दै थपे, ‘यस पार्टीको नेतृत्वमा म भएको हुनाले र सरकार ठिक ढंगले चलाइरहेको हुनाले ममाथि प्रहार केन्द्रीत छ। तपाईंहरूले देख्नुभएको छ- सम्पूर्ण रूपमा ममाथि प्रहार अत्यन्तै तीब्र गतिले केन्द्रीत छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी-श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस गरिएको छ । नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच बिहीबार…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बुधबार (जुलाई १६) आफ्नो पार्टीका सदस्यहरूलाई पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई जेलमा केही भएमा जवाफदेही…

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाको राजधानी दमास्कसमा इजरायलले हालै गरेको आक्रमणको बारेमा वासिङ्टन "धेरै चिन्तित" रहेको बताएका छन्, किनकि युद्धविराम…

प्रतिकृयाहरू
...