Saturday 10th October 2026
नेपालको समाचार
Image

तितोपाटी - जयनगर-जनकपुर रेलमार्गमा परीक्षणका रुपमा रेल गुडाउन सुरु गरिएको छ। रेलमार्ग निर्माण गरिरहेको भारतीय कम्पनीले ब्रोड गेजले रेलमार्ग निर्माणकाे काम सक्नै लाग्दा परीक्षणका रुपमा रेल सञ्चालन सुरु गरिएकाे हाे । जयनगरदेखि-खजुरीसम्मकाे करिव ९ किलोमिटर रेलमार्ग खण्डमा बुधबार परीक्षणका लागि रेल गुडाएकाे रेल विभागले जानकारी दिएकाे छ । विभागका सिनियर डिभिजनल…

Image

तितोपाटी - आज विश्व आदिवासी जनजाति दिवस, नेपाललगायत विश्वभर विविध कार्यक्रम अायाेजना गरी याे दिवस मनाइँदै छ । आदिवासी जनजातिहरुकाेको, अधिकार, पहिचान र उत्थानका लागि सकारात्मक सन्देश दिन याे याे दिवस मनाउने गरिन्छ । विश्वभर छरिएर रहेका आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस…

Image

तितोपाटी - यहाँस्थित एक विद्यालयमा भर्ना भएका छात्रछात्रा गोठमा पढ्दै आएका छन् । भवन अभावमा पुथाउत्तरगंगा गाउँपालिका ५ उज्र्याङको बालकल्याण आधारभूत विद्यालयका बालबालिका गोठमा पढ्ने गरेका हुन् । बालशिक्षादेखि कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयका १, २ र ३ कक्षाका विद्यार्थी झरी होस् या टन्टलापुर घाम, गोठमा पढ्छन् । भवन अपुग भएपछि उनीहरूको कक्षा…

Image

बबिता शर्मा - पूर्वी नेपालको जिल्ला झापा र सुदूरपश्चिमको जिल्ला हो कञ्चनपुर । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली झापाका र प्रतिनिधिसभा सांसद एवम् नेकपाका युवा नेतृ निरुदेवी पाल कञ्चनपुरकी हुन् । तर पनि ओली र पालबीच गजबको सम्बन्ध छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली सांसद पाललाई ‘छोरी’ भन्छन्…

Image

तितोपाटी - छोरीको हत्या अभियोगमा बारामा प्रहरीले बाबु आमासहित एकै घरका चार जना सदस्यलाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका ५ घुसुकपुर टोल बस्ने १७ बर्षिया प्रियंकाकुमारी मिश्रको हत्यामा संलग्नको आरोपमा उनको बाबुआमा सहित ४ जनालाई पक्राउ गरिएको हो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा प्रियंकाको बाबु ब्रजकिशोर मिश्र, आमा पुष्पादेवी…

Image

तितोपाटी - पूर्व–पश्चिम महेन्द्र राजमार्गको रत्ननगर नगरपालिका–१० भानुचोकमा मंगलबार राति ११ बजे बस र ट्रक एकआपसमा ठोकिँदा चारजनाको ज्यान गएको छ भने घटनामा १७ जना घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरीका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालका अनुसार काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको…

Image

तितोपाटी - ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आफ्नै बावुले छोरी बलात्कार गरेको आरोप लागेको छ । ४० वर्षीय बाबुले आफ्नो १७ वर्षकी छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । छोरीले दिएको उजुरीको आधारमा बाबुलाई पक्राउ गरिएको प्रहरी नायव उरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले बताए । दोभान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपित…

Image

तितोपाटी - मुलुकी ऐनलाई विस्थापित गर्न बनेका देवानी र फौजदारी संहिता ऐनमा श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान राखिएको अधिकारीहरूले बताएका छन्। बहुविवाह अन्त्य गर्नका लागि बनेका यी कानूनका केही प्रावधानले भने घुमाउरो तरिकाले यस्तो सामाजिक कुरीतिलाई पूरै अन्त्य गर्न नसकेको कानून व्यवसायीले प्रतिक्रिया दिएका छन्। यस्तै…

Image

तितोपाटी- कन्चनपुरमा भारतीय पक्षले नेपाली भूमि मिचेर दशगजा क्षेत्रमा सडक निर्माण गरिरहेको छ । भीमदत्त नगपालिका–९, ब्रह्मदेव क्षेत्रमा भारतीय पक्षले दशगजा मिचेर सडक विस्तार गरेको हो । सो क्षेत्रमा पर्ने ३ नम्बर सीमास्तम्भ हराएकाले दुवै पक्षले महाकाली नदीको बाँधलाई दशागजा क्षेत्र मान्दै आएका छन् । तर, भारतीय पक्षले नेपाली भूमि…

Image

तितोपाटी- नवलपरासी, २२ साउन । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा मलेरियाको संक्रमण देखापरेको छ । यसै महिनामा नगरपालिकाभित्र एक बालिकासहित तीन जनामा मलेरियाको संक्रमण देखा परेको हो । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता)पूर्व कार्यालयका अनुसार गैँडकोट नगरपालिकाका विभिन्न वडामा पछिल्लो तीन सातायता तीन जनामा मलेरियाको संक्रमण देखापरेको छ । विभिन्न वडामा…