Monday 5th October 2026

जुम्ल्याहा शिशु हत्या गरेर फरार महिला पक्राउ


तितोपाटी – जुम्ल्याहा शिशुलाई शौचालयको खाडलमा हालेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। ताप्लेजुङको पाथिभरा याङबरक-२ की कमला बिक सुनसरीको इटहरीबाट पक्राउ परेकी हुन्।

इटहरीबाट धरान जाँदै गर्दा इलाका प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको हो। डीएसपी शिवकुमार श्रेष्ठका अनुसार पक्राउ परेकी उनलाई अड्डासार गरेर ताप्लेजुङ पठाइएको छ।

जुम्ल्याहाा छोरीलाई शौचालयको खाडलमा हालेर फरार भएपछि एक छोरीको शौचालयमै र अर्कीको उपचारका क्रममा मृत्यु भएको थियो।

कमला एवर्षदेखि छोरीसँगै माइत बस्दै आएकी थिइन्। स्थानीयले शौचालयबाट उद्धार गरेकी एक छोरीको बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको थियो। अर्को शव भने स्थानीयले शौचालयमै भेट्टाएका थिए।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...