Sunday 20th April 2025
नेपालको समाचार
Image

तितोपाटी - विभिन्न देशको जेलमा ३ सय ३५ नेपाली रहेको सरकारले बताएको छ । २० जना भने विदेशस्थित विभिन्न अस्पतालको कोमामा छन् । परराष्ट्र मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्न दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशका जेलमा रहेका नेपालीहरुबारे जानकारी दिएका हुन् । उनका अनुसार सबैभन्दा धेरै साउदी अरेबियाको जेलमा २१९ नेपाली…

Image

चितवन । पहिरो पन्छाएको रकम नपाएको भन्दै ठेकेदारले काम नगरेपछि आज बिहान टोपे खोलामा खसेको पहिरो पन्छाउन ढिलाइ भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको तेस्रो भागको ठेक्का लिएको सुप्रिम रौताहा जेभिले यसअघि खसेका पहिरो पन्छाएको रु तीन करोड ५० लाखभन्दा बढी पैसा नपाएको भन्दै पहिरो पन्छाउन अटेर गरेको हो । नारायणगढ–मुग्लिन…

Image

तितोपाटी - बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोटको लुरुङमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । सोमबार राति साँढे ११ बजे माथिबाट खसेकाे पहिराेले स्थानीय ४० वर्षीय बिष्णुबहादुर घर्तीको घर पुरिदाँ घर्ती, उनकी ३५ वर्षीय श्रीमती बिष्णु घर्ती र ६ महिनाकी छोरी सोनिया खत्रीको घटनास्थलमै मृत्यु भएको हो । घटनाको सूचना…

Image

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ स्म्झौता नभएसम्म मलेसिया कामदार नपठाउने भएको छ । मलेसिया कामदार पठाउँदा विभिन्न नाममा खडा भएका संस्थाले ठगी खाने भाँडो बनाएपछि श्रममन्त्री गोकर्ण विष्ट यस्तो निर्णयमा पुगेका हुन् । स्वास्थ्य परीक्षण, भिसा, पासपोर्ट लगायतका नाममा खडा भएका संस्थाले मनोमानी रकम लिन थालेपछि श्रममन्त्री विष्टले…

Image

तिताेपाटी— नेपाल कम्युनिस्ट पार्टीले अनुशासन आयोगलगायत स्वायत्त निकायको भूमिका कमजोर बनाएको छ । आयोगहरूको भूमिका खुम्च्याउने गरी एकीकृत पार्टीको विधान तयार भएपछि त्यस विषयलाई लिएर पार्टीभित्र तीव्र असन्तुष्टि बढेको छ । पूर्वएमाले र माओवादी केन्द्रको आयोगमा रहेका वरिष्ठ नेताहरूले लिखित रूपमै असन्तुष्टि जनाएका छन् । तत्कालीन एमालेका अनुशासन आयोग अध्यक्ष अमृत बोहोरा र…

Image

तितोपाटी - अन्डरवर्ल्ड डन दाउद ईब्राहिमसँग मिलेर नेपालमा ‘सट्टेबाजी धन्दा’ गर्दै आएका अमृत भन्ने नथमल अग्रवाल (नागराज) पक्राउ परेका छन् । केही समयअघि मात्र भारतमा सम्पन्न आईपिएल क्रिकेटमा सट्टेबाजी गराएर २ करोड ४० लाख ठगी गरेको खुलेपछि नागराजलाई काठमाडौंको पानीपोखरीबाट नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले  जानकारी…

Image

तितोपाटी - छिमेकी मुलुक चीनको ६ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डल आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आइपुगेका हुन् उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरेका थिए । प्रतिनिधि मण्डलले…

Image

तितोपाटी - वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज फिर्ता पठाइएको छ ।  कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव रिजालले जानकारी दिए । “विदेश पुगिसकेपछि उद्धार गरिहाल्नुपर्ने स्थिति देखिएकाले फिर्ता पठाउने निर्णय लिइएको हो” – उनले…

Image

तितोपाटी - मध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा भएको परीक्षाको नजिता सार्वजनिक गरेको हो । परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएका थिए । उनीहरू मध्ये ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने…

Image

राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार प्रकाशित गर्न लागेको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले शनिबार ४ बजेसम्म नतिजा सार्वजनिक गर्न लागेको जानकारी दिए। शनिबार दिउँसो ३ बजे नतिजा प्रकाशनका लागि बोर्ड बैठक डाकिएको छ। ४ बजे पत्रकार सम्मेलन राखिएको छ।…