Saturday 18th May 2024

सरकारलार्इ भन्दा एजेन्टलार्इ विश्वास ?


तितोपाटी – वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने सरकारको तयारी भइरहँदा मानव तस्करीका शृङ्खलाबद्ध घटना सतहमा आएका छन् । पछिल्लो तीन सातामा दिल्लीबाट मात्रै ७० भन्दा बढी नेपाली महिलाको उद्धार गरिएको छ ।

भारतको दिल्लीबाट बुधबार मात्रै ३९ नेपाली महिलालाई उद्धार गरिएको छ । एक होटलबाट दिल्ली पुलिसले आज बिहानै उनीहरूको उद्धार गरेको हो । आजभन्दा एक हप्ता अगाडि मात्रै भारतको विभिन्न क्षेत्रबाट ३४ नेपाली चेलीको उद्धार गरिएको थियो । उनीहरूलाई दिल्ली पुलिस र दिल्ली महिला आयोगको संयुक्त पहलमा उद्धार गरिएको हो ।

यस्तै मङ्गलबार पनि खाडी मुलुक लैजान तयार पारिएका १८ नेपाली महिलालाई भारतको दक्षिण पश्चिम जिल्लास्थित एक घरबाट उद्धार गरिएको थियो ।

यस्तै, त्यसको एक हप्ताअघि यसै जिल्लाको एक घरबाट १६ नेपाली महिलालाई उद्धार गरिएको थियो । आफूहरूलाई विभिन्न प्रलोभन देखाएर भारत पुर्याइएको र मानव तस्करले खाडी मुलुक लैजाने तयारी गरिरहेको पुलिसलाई जानकारी दिएका थिए ।

मङ्गलबारको घटनाबारे जानकारी दिँदै दिल्ली पुलिस र बरानासीका एसएसपी सुरेशराव ए कुलकर्नीले ती महिलालाई खाडी मुलुक लैजाने तयारी भएको र ६८ पासपोर्ट जफत गरिएको जानकारी दिए ।
‘हामीले गत हप्ता केही नेपाली महिलालाई बरानासीस्थित एउटा घरमा थुनेर राखेको भन्ने जानकारी पायौँ । तर हामी पुग्दा उनीहरूलाई अन्तै सारिएको थियो । एक आरोपी, जय सिंहलाई पक्राउ गरिएको छ । ती महिलालाई दिल्ली सारिएको भन्ने जानकारी पाएका छौं ।’ एसएसपी सुरेशराव ए कुलकर्नीले भने ।

कुलकर्नीले उद्धार गरिएका धेरैजसोको उमेर २२ देखि २५ वर्ष भएको जानकारी दिए । ‘उनीहरूलाई सानो समूह बनाएर भारत भित्र्याइने गरेको पाइएको छ’, उनले भने ।

यसअघि गत चैतमा पनि दुई महिलालाई भारतबाट मोरङको प्रहरी टोलीले उद्धार गरेको थियो । उद्धार गरिएका मध्ये एकको उमेर २७ र अर्कीको २० वर्ष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, गत माघमा पनि भारतबाट तीन नेपाली चेलीको उद्धार गरिएको थियो ।

सरकारले पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जान नपर्ने गरी स्वेदशमै रोजगारी सिर्जना गर्ने दाबी गरिरहेका बेला दिल्लीमा मानव तस्करीका घटनाहरू सतहमा आएका हुन् । श्रम मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन आफू लागिपरेको बताएका छन् ।

श्रम स्वीकृत नलिई वैदेशिक रोजगारीमा जानेहरूले प्रायः दिल्लीको बाटो प्रयोग गर्छन् ।

बामगठबन्धनले आफ्नो चुनावी घोषणापत्रमा वैदेशिक रोजगारीमा गएकाहरूको अभिलेख राखी त्यसलाई सुरक्षित, मर्यादित र व्यवस्थित गरिने उल्लेख छ । वैदेशिक रोजगारीमा भइरहेका विकृतिहरूलाई कडाइका साथ नियन्त्रण गर्ने तथा देशलाई आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गर्दै जगेडा श्रमिकलाई गन्तव्य मुलुकसँग श्रमसम्झौता गरी वैदेशिक रोजगारीमा पठाउने व्यवस्था गरिने उल्लेख छ ।

यसबाहेक वैदेशिक रोजगारीमा जानेहरूलाई आवश्यक तालिम र प्रशिक्षणद्वारा सीप विकास गरेर मात्रै वैदेशिक रोजगारीमा पठाउन आवश्यक व्यवस्था गरिने घोषणापत्रमा छ । वैदेशिक रोजगारीका क्रममा नेपालीहरूले प्राप्त गरेको सीपलाई प्रमाणीकरण गरी राष्ट्रनिर्माणमा उपयोग गरिने घोषणापत्रमा छ ।

यही घोषणपत्रलाई भोट हालेकै केही महिला चाहिँ सरकारप्रति विश्वास नभएर दलालको पछाडि लागेका छन् । यो चाहिँ अनौठो छ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...