Wednesday 29th July 2026

काभ्रेमा फुपुले ९ वर्षीया भतिजीको बलात्कार गर्न लगार्इ हत्या गराइन


तितोपाटी – कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाले राज्यको ध्यानाकर्षण गरिरहेकै बेला काभ्रेमा पनि यस्तै कहाली लाग्दो घटना सार्वजनिक भएको छ। सभामुख कृष्णबहादुर महराले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको यथार्थ जानकारी गराउन सरकारलाई आइतबार ‘रुलिङ’ गरेकै दिन काभ्रेमा बालिका बलात्कारपछि हत्या भएको घटना बाहिर आएको छ।

कञ्चरपुर घटनाको चार दिन बित्दा पनि सरकारले बालिका पन्त हत्यामा संलग्नलाई कारबाही गर्न नसकेको भन्दै सांसदहरूले चर्को आलोचना गरेपछि सभामुख महराले सरकारलाई रुलिङ गरेका थिए।

उता काभ्रेको तेमाल गाउँपालिका-१ स्थित देच्छेलिङ गुम्बा परिसरमा ९ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ। असार २० को राति घटना भए पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले आइतबार पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको छ।

फुपु मिना तामाङले पर पुरुषसँग यौन सम्बन्ध राखेको देखेकी एलिसालाई फुपुकै मिलेमतोमा हत्या गरिएको जिल्ला प्रहरी कार्यलयका एसपी रविराज खड्काले जानकारी दिए। बारा बारागढी गाउँपालिका-६ का २३ वर्षीय जोखन मन्सुरले एलिसाको हत्या गरेका हुन्।

मन्सुर-मीना बीचको यौन सम्बन्ध थाहा पाएकी एलिसालाई आफूहरूको कर्तुत लुकाउन दुबैको मिलेमतामो हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको एसपी खड्काले जानकारी दिए।

प्रहरी अनुसन्धान र उनीहरूकै बयानबाट मन्सुर-मीनाबीचको यौन सम्पर्कको दृश्य मृतक बालिकाले देखेकी रहिछन्। चाउचाउ किनिदिने भन्दै एलिसालाई मन्सुरले फकाएर गुम्बा छेउमा लगि बलात्कार गरेपछि हत्या गरेका खुलेको एसपी खड्काले जानकारी दिँदै भने।

मुख तथा यौनीमा घाउ भएको अवस्थामा शव घोप्टो परेको अवस्थामा प्रहरीले २० गते राति नै फेला परेको थियो। छेन्देलिङ हेलेमेन्दो गुम्बा परिसरको पर्खाल नजिकै ढुंगा थुपारेको स्थानमा एलिनामाथि बलात्कार भएको प्रहरीले जनाएको छ। आफूले बालिकाको नाकथुनेपछि ज्यान गएको मन्सुरले प्रहरीसँगको बयानमा भनेका छन्।

मीना-मन्सुरबीच ३ महिनाअघि देखि नै अवैध सम्बन्ध रहेको गाउँलेको दाबी छ। तर प्रहरीसँगको बयानमा मीनाले आफूलाई मन्सुरले जबरजस्ती करणी गरेपनि इज्जत जाने डरले यौन सम्बन्ध सहन बाध्य भएको बयान दिएकी छन्।

सुस्तमनस्थितिकालाई छाडेनन्

तेमाल गाउँपालिकाको ६ पचुवरघाटमा साउन ६ गते शारीरिक तथा मानसिक रुपमा अपाङग १२ वर्षी रोनिशा तामाङलाई बलात्कार गरी फरार १७ वर्षीय विकास थापामगरलाई प्रहरीले प्रक्राउ गरेको छ। घरमा सुतेको अवस्थामा बालिकामाथि जबरजस्ती करणी गरी भागेका विकासलाई प्रहरीले प्रक्राउ गरेको हो।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...