Wednesday 29th July 2026

जाजरकोटमा होटलमा बन्धक बनाएर २ किशोरीहरूको बलात्कार


मुद्दा नचलाउन दबाब

तितोपाटी – एक १३ वर्षीया बालिकालाई जाजरकोट सदरमुकामको एक होटलमा दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरेको खुलेको छ । बालिकामाथि बलात्कारको अभियोगमा एकजना युवक पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भेरी नगरपालिका–४ बोहराका ३३ वर्षीय सविन चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनामा संलग्न सोही ठाउँका रुपक चन्दको खोजी भइरहेको प्रहरीले जनाएको छ । मोबाइल, पैसा र घडी दिन्छु भन्दै उनले बालिकालाई सुरुमा फकाएका थिए । बालिकाले नमानेपछि मारिदिने धम्की दिएर होटेलमा बन्धक बनाएर दुई दिनसम्म जबरजस्ती करणी गरेको भन्दै पीडित बालिकाका अभिभावकले दिएको जाहेरीका आधारमा चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए ।

उनले आरोपी चन्दलाई जबरजस्ती करणी महलमा मुद्दा चलाउने प्रक्रिया सुरु गरिसकिएको बताए । ती बालिकासँगै उनकी सानीआमा नाता पर्ने १५ वर्षीया अर्की बालिकालाई करणी गरेको आरोप लागेका त्यही ठाउँका रुपक चन्दको खोजी भइरहेको प्रहरी निरीक्षक सुनारले बताए ।

होटेलको कोठामा बलात्कार गरिएकी १३ वर्षीया बालिकाको अभिभावकले दिएको जाहेरीका आधारमा एकजना पक्राउ परिसकेको र अर्का एकको खोजी भइरहेको प्रहरी निरीक्षक सुनारले बताए । घटना तीन दिनअघि भएको थियो । यता पीडित बालिकाका अभिभावकले भने अभियुक्तविरुद्ध मुद्दा नचलाउन स्थानीय नेता, केही जनप्रतिनिधि र पहुँचवालाले दबाब दिइरहेको बताएका छन् ।

आन्टीको पढाइका लागि बस्ने कोठा खोज्न खलंगा आएका बेला साउन ७ गते राति खलंगा बजारको शान्ति चौतारास्थित एक होटेलमा कोठा खोजिदिने भन्दै दुइ दिनसम्म करणी गरेको पीडित बालिकाले वताइन् ।

पीडित बालिकाका अभिभावकहरुले आफुलाई मुद्दा नदिन र मिलापत्र गर्न दबाब आइरहेको बताउँदै छोरीहरुको न्यायका लागि कसैले साथ नदिएको गुनासो गरेका छन् । घरबाट निस्किएका छोरी दुई दिनसम्म नआएपछि प्रहरीलाई खबर गरेर खोज्दै जाने क्रममा होटेलको कोठामा छोरीहरु बलात्कृत अवस्थामा भेटिएको पीडित बालिकाका बुवाको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...