Wednesday 1st January 2025
नेपालको समाचार
Image

देशका अधिकांश क्षेत्रमा मनसुनी झरी परिरहेकाले बाढीको खतरा हुने भन्दै सचेत रहन जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । सोमबार पूर्वदेखि पश्चिमका चुरे तथा महाभारत शृङ्खला भएर बग्ने प्रायः सबै खोला तथा नदीमा बाढी आउने सम्भावना रहेकाले आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो ।…

Image

तितोपाटी - झापास्थित बिएनसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले डा. गोविन्द केसीका मागहरु पूरा गर्नुपर्ने कुनै कारण नभएको तर्क गरेका छन् । रिर्पोटर्स क्लब नेपालमा आइतवार आयोजित साक्षात्कारमा उनले यस्तो भनेका हुन् । ‘दुईतिहाइ सरकारले एउटा गोविन्द केसीको खुट्टामा ढोग्नुपर्ने ? गोविन्द केसी को हो र ? आफूले भनेको हुनुपर्छ भन्ने…

Image

तितोपाटी - आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ। निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायत स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ। पानी जमेपछि बिहानै विद्यालय तथा कलेज जाने विद्यार्थी जान सकेका छैनन् भने पैदलयात्रीलाई अप्ठेरो भएको…

Image

तितोपाटी - देशकै ठुलो सप्तकोशी नदी आसपासको क्षेत्रमा भिषण बर्षात् भएर पानीको बहाव बढेपछि सर्तक रहन चेतावनी दिइएको छ । जल तथा मौसम पूर्वानुमान विभागले बितेको २४ घण्टामा सप्तकोशी नदीकोे पहाडी क्षेत्रमा भिषण बर्षात् भएकाले सर्तक रहन चेतावनी दिएको हो । विभागका अनुसार सप्तकोशीको चतरास्थित बर्षा मापन केन्द्रमा बितेको २४ घण्टामा…

Image

तितोपाटी - मानव बेचबिखनविरुद्धको सङ्घर्षमा आफ्नो जीवन समर्पित गरेवापत नेपालकी सुनीता दनुवारले ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुभएको छ । नेपालभरका पीडित तथा जोखिममा रहेका समुदायहरूलाई सेवा गर्ने प्रतिबद्धताका लागि शक्ति समूहकी सह–संस्थापक तथा कार्यकारी निर्देशक दनुवारलाई सम्मानित गरिएको हो । पीडितको संरक्षण गर्ने, दोषीलाई सजाय दिलाउने र मानव बेचबिखनबारे चेतना…

Image

तितोपाटी - पोखराको फेवाफाँटमा धान दिवस एवं १५ औं असारे रोपाइँ महोत्सव शुक्रबार भव्य रुपमा मनाइएको छ । पोखरा पर्यटन परिषद्‍ले फेवाताल पारि पामेको ४ रोपनी खेतमा महोत्सव आयोजना गरेको हो । महोत्सवमा हिलो खेलेर स्वदेशी एवं विदेशी पर्यटक रमाए । हल गोरु दौडाउने प्रतियोगिता, साउने असारे गीत गाउँदै धान रोप्ने…

Image

तितोपाटी - नेपाल वायु सेवा निगमको पहिलो वाइडबडी ए ३३०–२०० विमान अन्नपूर्ण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अवतरण गरेको छ । विमान निर्माण गरिएको फ्रान्सको तुलुजबाट ९ घण्टाको उडानपछि काठमाडौं आइपुगेको हो । गत वैशाखमा निगमले दुर्इ वटा जहाज फ्रान्सको एआर किन्न सम्झौंता गरेको थियो । जहाज किन्न सरकार जमानी बसेर कर्मचारी…

Image

तितोपाटी - धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने खनियाँवासमा पहिरोले घर बगाउँदा बुधबार राति ५ जनाको मृत्यु भएको छ । घटनामा ५ जना घाइते भएका छन् । खनियाबाँस गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वारामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी बुहारीसहित दुई नातिनीकाे मृत्यु भएको छ । गोलेका १० वर्षीय नाति…

Image

तितोपाटी - विभिन्न देशको जेलमा ३ सय ३५ नेपाली रहेको सरकारले बताएको छ । २० जना भने विदेशस्थित विभिन्न अस्पतालको कोमामा छन् । परराष्ट्र मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्न दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशका जेलमा रहेका नेपालीहरुबारे जानकारी दिएका हुन् । उनका अनुसार सबैभन्दा धेरै साउदी अरेबियाको जेलमा २१९ नेपाली…

Image

चितवन । पहिरो पन्छाएको रकम नपाएको भन्दै ठेकेदारले काम नगरेपछि आज बिहान टोपे खोलामा खसेको पहिरो पन्छाउन ढिलाइ भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको तेस्रो भागको ठेक्का लिएको सुप्रिम रौताहा जेभिले यसअघि खसेका पहिरो पन्छाएको रु तीन करोड ५० लाखभन्दा बढी पैसा नपाएको भन्दै पहिरो पन्छाउन अटेर गरेको हो । नारायणगढ–मुग्लिन…