Saturday 10th October 2026

दशगजा क्षेत्र मिचेर धमाधम सडक निर्माण गर्दै भारत


तितोपाटी- कन्चनपुरमा भारतीय पक्षले नेपाली भूमि मिचेर दशगजा क्षेत्रमा सडक निर्माण गरिरहेको छ ।

भीमदत्त नगपालिका–९, ब्रह्मदेव क्षेत्रमा भारतीय पक्षले दशगजा मिचेर सडक विस्तार गरेको हो ।

सो क्षेत्रमा पर्ने ३ नम्बर सीमास्तम्भ हराएकाले दुवै पक्षले महाकाली नदीको बाँधलाई दशागजा क्षेत्र मान्दै आएका छन् ।

तर, भारतीय पक्षले नेपाली भूमि मिचेर सडक विस्तारको काम गरिरहेको स्थानीयको आरोप छ ।

नेपाल–भारत सीमास्तम्भ नदीको बीच भागमा थियो । महाकाली नदीमा आउने बाढीले स्तम्भ बगाएपछि अहिले त्यस क्षेत्रमा पटक–पटक भारतीय पक्षले हस्तक्षेप गर्दै आएको छ ।

भारतीय पक्षले दशगजा मिचेर सडक विस्तार गरिरहेकोबारेमा स्थानीय प्रशासन र माथिल्लो निकायलाई खबर गरे पनि सुनुवाइ नभएको स्थानीय बताउँछन् ।

कन्चनपुरका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका उच्चपदस्थ कर्मचारीले सो क्षेत्रको अवलोकन गरेपनि त्यसबारे भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

यसअघि, नेपाली पक्षले आफ्नो भूमिमा सडक बनाउँदा भारतीय पक्षले पटक–पटक हस्तक्षेप गर्दै आएको थियो ।


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...