Monday 17th June 2024

दशगजा क्षेत्र मिचेर धमाधम सडक निर्माण गर्दै भारत


तितोपाटी- कन्चनपुरमा भारतीय पक्षले नेपाली भूमि मिचेर दशगजा क्षेत्रमा सडक निर्माण गरिरहेको छ ।

भीमदत्त नगपालिका–९, ब्रह्मदेव क्षेत्रमा भारतीय पक्षले दशगजा मिचेर सडक विस्तार गरेको हो ।

सो क्षेत्रमा पर्ने ३ नम्बर सीमास्तम्भ हराएकाले दुवै पक्षले महाकाली नदीको बाँधलाई दशागजा क्षेत्र मान्दै आएका छन् ।

तर, भारतीय पक्षले नेपाली भूमि मिचेर सडक विस्तारको काम गरिरहेको स्थानीयको आरोप छ ।

नेपाल–भारत सीमास्तम्भ नदीको बीच भागमा थियो । महाकाली नदीमा आउने बाढीले स्तम्भ बगाएपछि अहिले त्यस क्षेत्रमा पटक–पटक भारतीय पक्षले हस्तक्षेप गर्दै आएको छ ।

भारतीय पक्षले दशगजा मिचेर सडक विस्तार गरिरहेकोबारेमा स्थानीय प्रशासन र माथिल्लो निकायलाई खबर गरे पनि सुनुवाइ नभएको स्थानीय बताउँछन् ।

कन्चनपुरका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका उच्चपदस्थ कर्मचारीले सो क्षेत्रको अवलोकन गरेपनि त्यसबारे भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

यसअघि, नेपाली पक्षले आफ्नो भूमिमा सडक बनाउँदा भारतीय पक्षले पटक–पटक हस्तक्षेप गर्दै आएको थियो ।


सम्बन्धित शीर्षकहरु

समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ। सोमबार वेस्ट…

इटाली र जर्मनीले युक्रेन युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शर्त अस्वीकार गरेका छन् । व्यापक छलफलपछि स्विट्जरल्याण्डमा युक्रेनले…

पुष्कर अथक रेग्मी - साहित्यकार वनमाली निराकारद्वारा लिखित एवं अर्चना शर्मा बिष्ट र आरति शर्मा आचार्यद्वारा प्रकाशित कविता संग्रह 'मान्छेका…

प्रतिकृयाहरू
...