Monday 17th June 2024

चाैथो श्रीमती बनाउने अाश्वासन दिएपछि…


तितोपाटी – डडेल्धुराकी २२ वर्षीया एक युवतीलाई श्रीमानले पाँच वर्षदेखि वास्ता गर्न छाडेपछि बिचल्लीमा परिन् । कलिलो उमेरमै विवाह गरेकी उनलाई श्रीमानले छाडेपछि मानव बेचबिखनमा संलग्न समूह(दलाल)को फन्दामा परिन् ।

युवतीको अवस्थालाई नजिकबाट नियाल्दै आएका डडेल्धुरा अमरगढी नगरपालिका–८ का रुपेन्द्र पाण्डेयले अनेकौं प्रलोभनमा पारेर भारत लग्दै गरेको अवस्थामा कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट उद्दार गरिएपछि रहस्य खुलेको हो ।

पाण्डेयले युवतीलाई कैलालीको धनगढीमा १२ कोठे घर र अन्य सम्पतिसमेत छ भन्दै फकाएर भारत लगिरहेको अवस्थामा प्रहरीको फन्दामा परेका हुन् । कञ्चनपुर प्रहरी हिरासतमा रहेका पाण्डेयले युवतीलाई सामान किन्ने बहानामा दिल्ली लैजाँदै गड्डाचौकीमा पक्राउ परेका हुन् ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि गड्डाचौकीमा स्थापना गरिएको ‘थ्री एन्जल्स नेपाल’ संस्थाले २३ असारमा युवतीको उद्धार गरी आफ्नो संरक्षणमा राखेको छ । ‘युवतीका श्रीमान् पनि भारतमै लामो समयदेखि मजदुरी गरिरहेका रहेछन्’ थ्री एन्जल्स नेपाल कञ्चनपुरका इन्चार्ज बेलु नेपालीले भने ।

आर्थिक अवस्था निकै कमजोर भएपछि युवती दलाल पाण्डेयको प्रलोभनमा परेकी खुलेको छ । पाण्डेयले युवतीलाई विवाह गर्ने बताएका थिए । विवाहपछि भारतमै बस्दै आएकी युवतीका श्रीमान् अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

पाण्डेयलाई डडेल्धुराको पोखराबाट प्रहरीले पक्राउ गरेको छ । “युवतीको गहनासमेत बेचेर श्रीमती भन्दै भारत लगिरहेको थियो’ थ्री एन्जल्स नेपालकी इन्चार्ज नेपाललीले भने । उनलाई सोधपुछका क्रममा नियन्त्रणमा लिएपछि अभियुक्त पाण्डेय भारतको बनबासातर्फ भागेका थिए । उनी भारतको झुलाघाट हुँदै बैतडीबाट डडेल्धुरा फर्किएका थिए ।

पाण्डेयमाथि कानूनी कारबाही अघि बढाइएको छ । ‘अनुसन्धानका क्रममा पाण्डेयको घरमा तीनवटी श्रीमती रहेको खुलेको छ’ नेपालीले भने, ‘दुईवटा श्रीमती घरमै छन्,अर्की श्रीमती बाहिर रहेको पाइएको छ ।’

थ्री एन्जल्सले उद्धारपछि युवतीलाई आयमूलक सीपका लागि केन्द्रीय कार्यालय पोखरा पठाउने तयारी गरेको छ । ‘पोखरामा सीप सिकेर केही काम गर्ने योजनामा छु, ती युवतीले भनिन् ।

पश्चिमीनाका गड्डाचौकीबाट पछिल्लो समय रोजगारीका लागि तेस्रो मुलुक जाने महिलाको संख्या बढ्दै गएको छ । घरबाट विभिन्न बहना बनाई दलालको सम्पर्कमा आएर सो नाकाबाट महिला सोझै दिल्ली पुग्ने गरेका छन् ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ। सोमबार वेस्ट…

इटाली र जर्मनीले युक्रेन युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शर्त अस्वीकार गरेका छन् । व्यापक छलफलपछि स्विट्जरल्याण्डमा युक्रेनले…

पुष्कर अथक रेग्मी - साहित्यकार वनमाली निराकारद्वारा लिखित एवं अर्चना शर्मा बिष्ट र आरति शर्मा आचार्यद्वारा प्रकाशित कविता संग्रह 'मान्छेका…

प्रतिकृयाहरू
...