Monday 17th June 2024

गैँडाकोटमा देखियो मलेरियाको संक्रमण, सचेत हुन आग्रह


तितोपाटी- नवलपरासी, २२ साउन । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा मलेरियाको संक्रमण देखापरेको छ । यसै महिनामा नगरपालिकाभित्र एक बालिकासहित तीन जनामा मलेरियाको संक्रमण देखा परेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता)पूर्व कार्यालयका अनुसार गैँडकोट नगरपालिकाका विभिन्न वडामा पछिल्लो तीन सातायता तीन जनामा मलेरियाको संक्रमण देखापरेको छ ।

विभिन्न वडामा मलेरियाको संक्रमण देखा परेपछि आसपासका क्षेत्रमा करीब १५० जनाको नमूना रगत संकलन गरी परीक्षण गरिएको कार्यालयका तथ्यांक अधिकृत इन्द्र भण्डारीले जानकारी दिनुभयो । पछिल्लो पटक गैँडाकोटमा एक ब्रिटिश क्याप मन्दिर टोलमा छ वर्षीय बालिकालाई मलेरियाको संक्रमण देखापरेको थियो । त्यसपछि त्यस क्षेत्रका स्थानीयवासीको रगत परीक्षण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय नगर स्वास्थ्य शाखाले जनाएको छ ।

मुगुबाट ६ महिना पहिला गैँडाकोट आएकी बालिकालाई मलेरियाको संक्रमण देखा परेको हो । यस अगावै गैँडाकोट–५ मा एकजना र गैँडाकोट–१८ रतनपुरमा एकजनामा मलेरिया संक्रमण देखा परेको थियो । गैंडाकोट–१ की बालिका मुगु र गैँडाकोट ५ र १८ का व्यक्ति भारतमा काम गरेर नेपाल आएका थिए ।

गैँडकोटमा मलेरियाको संक्रमण देखापरेपछि स्थानीयवासीलाई सचेत रहन जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता) पूर्व कार्यालयले सबैलाई आग्रह छ । -रासस


सम्बन्धित शीर्षकहरु

समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ। सोमबार वेस्ट…

इटाली र जर्मनीले युक्रेन युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शर्त अस्वीकार गरेका छन् । व्यापक छलफलपछि स्विट्जरल्याण्डमा युक्रेनले…

पुष्कर अथक रेग्मी - साहित्यकार वनमाली निराकारद्वारा लिखित एवं अर्चना शर्मा बिष्ट र आरति शर्मा आचार्यद्वारा प्रकाशित कविता संग्रह 'मान्छेका…

प्रतिकृयाहरू
...