तितोपाटी - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतो र घुसखोरीका आधारमा श्रम स्वीकृति दिएको आरोपमा वैदेशिक रोजगार विभागका २५ जना कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । वैदेशिक रोजगारीका लागि कुवेत जान चाहने महिला श्रमिकहरुलाई श्रम स्वीकृतिका क्रममा उनीहरुले अनियमितता गरेको अख्तियारको आरोप छ । अख्तियारले ‘विचौलियाको मिलेमतोमा विना भिसा र गलत कागजातका…
तिताेपाटी - सुनसरीको भुम्का नगरपालिकामा रहेको क्षेत्रीय कारागारमा बिहीबार एक कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर हडिया–८ का ३६ वर्षीय राधेश्याम चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका मुटुसम्बन्धी रोगबाट पीडित चौधरीलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान…
तिताेपाटी - बनेपामा रिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका एक मजदुर बेपत्ता भएको भन्दै खोजी गर्न उनका परिवारले आग्रह गरेका छन् । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–५ पुराना झाँगाझोली घर भई विगत २० -२२ वर्षदेखि बनेपा नगरपालिका–९ शाहीटोल बस्दै आएका वर्ष ४२ का बखतबहादुर तामाङ यही कात्तिक २ गतेदेखि हराएको उनकी श्रीमती शान्तकुमारी…
तितापाटी – दोलखाको गौरीशङ्कर गाउँपालिकामा भूकम्पपीडितको टहरोमा आगलागी हुँदा एकै परिवारका दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्लाको गौरीशङ्कर गाउँपालिका–९ स्थित टासिनाममा गोपाल शेर्पाको टहरोमा आगलागी हुँदा शेर्पाकी आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो । आगलागीमा परी शेर्पाकी आमा ८० वर्षीया डालकी शेर्पा र छोरा…
तितोपाटी - सामाजिक सञ्जाल फेसबुकमा एउटा फ्रेन्ड रिक्वेस्ट आयो निशा अधिकारीको नाममा। चिनेजस्तो लाग्ने सुन्दर तस्बिरसहित आएको फ्रेन्ड रिक्वेस्टलाई कुपण्डोलका एक व्यवसायीले एसेप्ट नगरी बस्नै सकेनन्। फेसबुक साथी भएको केही दिनपछि म्यासेन्जरमा कुराकानी सुरु भयो। कुराकानीकै क्रममा ती युवतीले व्यवसायीको मोबाइल फोन नम्बर मागिन्। व्यवसायीले पनि मोबाइल फोन नम्बर सहजै दिए।…
तिताेपाटी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पर्सि (शनिबार) आयोजना गर्न लागेको चियापान कार्यक्रममा नेत्रविक्रम चन्ददेखि सीके राउतसम्मलाई निम्तो दिएको छ । पार्टी एकतापछि पहिलोपटक दशैं, दीपावली, नेपाल संवत् र छठ पर्वलगायतका अवसरमा आयोजना गर्न लागेको शुभकामना एवं चियापान कार्यक्रममा ५० हजारभन्दा बढीलाई निम्तो गरिएको छ । नेकपा स्थायी कमिटीका…
तिताेपाटी - वातावरण संरक्षण तथा पेट्रोलियम पदार्थमाथिको परनिर्भरतालाई कम गर्ने उद्देश्यसहित उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि सुरु गरिए पनि ती बस चार्ज गर्ने ‘चार्जिङ स्टेसन’ निर्माण भने अनिश्चित देखिएको छ । अाजकाे गाेरखापत्र दैनिकमा याे खबर छ – नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको केन्द्रीय कार्यालय, रत्नपार्क परिसरमा एउटा चार्जिङ स्टेसन निर्माण गरेको छ…
तिताेपाटी - कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानलाई प्रभावित पार्न खोजेका प्रहरी उपरीक्षक दिलीपसिंह विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको लिखित स्पष्टीकरण बुधबार गृह मन्त्रालयमा बुझाइएको छ । प्रहरी प्रधान कार्यालयले विष्ट र भट्टको स्पष्टीकरण बुझाएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । उनका अनुसार उक्त स्पष्टीकरणमाथि अध्ययन बुधबारदेखि…
तितोपाटी - कयौँ सर्वसाधरणलाई ठगेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । सर्वसाधरणबाट करोडौं ठगी गरेर फरार डीएन कोइराला भनिने दिनेश कोइराला पक्राउ परेका हुन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कोइरालालाई मंगलबार बिहान पक्राउ गरेको हो । खोटाङको दिप्रुङ् चुईचुम्मा गाउँपालिका–१ बस्ने श्याम खड्काको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको…
तितोपाटी - नक्कली बावु बनेर भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन खोज्ने वडाध्यक्ष सहित चार जनाविरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१४ का बिन्देश्वरी यादवसहित चार जनाविरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो ।नागरिकता बेच्न खोजेको आरोप लगाउँदै स्थानीय कप्लेश्वर यादवले सोही वडाका वडाध्यक्ष रामनारायण…