Saturday 18th May 2024

देशभरका शिक्षक सडकमा, २१ गते देखि अनिश्चितकालिन हडतालमा उत्रने चेतावनी


तीतोपाटी- सुत्रे माग सहित चरणबद्ध आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले तेस्रो चरणको कार्यक्रम अन्तर्गत सामाजिक विकास मन्त्रालयमा आज धर्ना दिएका छन् । शिक्षाको गुणात्मक सुधार र विकासका लागि भन्दै २६ सुत्रे माग सहित देशभरका शिक्षकहरु अहिले आन्दोलनमा छन् । नेपाल शिक्षक महासंघ प्रदेश नं. ५ को अगुवाईमा आज मन्त्रालय अगाडि ४ घण्टा शिक्षकहरु धर्नामा बसेका हुन । धर्ना दिनु अघि बुटवलको राजमार्ग चौराहबाट दवावमुलक ¥याली निकालिएको थियो ।

राज्यले कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा लगानी गर्नुपर्ने, स्थानिय तहले बनाएको शिक्षा ऐन खारेज गर्नुपर्ने लगाएतका माग सहित चरणबद्ध रुपमा आन्दोलन महासंघले गरिरहेको छ । सोही अनुसार तेस्रो चरणको आन्दोलन स्वरुप मन्त्रालयमा धर्ना दिएको नेपाल शिक्षक महासंघ प्रदेश नं. ५ का अध्यक्ष प्रेम नारायण भण्डारीले बताए । धर्नामा प्रदेश नं. ५ का १२ जिल्लाका शिक्षकहरुको उपस्थिती रहेको थियो ।

महासंघले शिक्षक काउन्सिलको व्यवस्था गर्न, शिक्षा सेवा आयोगलाई संबैधानिक स्तर बनाउन, संबैधानिक शिक्षा आयोग गठन गर्न, विद्यालय तहको शिक्षालाई संघ, प्रदेश र स्थानिय तहको साझा अधिकारका सूचिमा राख्न माग गरेको छ । महासंघका मागहरु पुरा गर्न सरकार आलटाल गरे मंसिर २१ गते देखि अनेश्चितकालिन हडतालमा उत्रने महासंघले चेतावनी दिएको छ ।

महासंघले शिक्षा सम्वन्धी स्थानिय तहमा आफूखुशी बनाईने ऐन तथा कानुन बनाउने र लागू गर्न खोज्ने कार्य लाई रोक्न स्थानिय तहलाई कडा निर्देशन दिनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरूलाई सामूहिक पदोन्नतिको ब्यवस्था गरिनुपर्ने माग राखेको छ ।

तत्कालिन उच्च मावि मा कार्यरत शिक्षकहरूको दरवन्दीको प्रवन्ध गरी स्थायित्वको प्रक्रिया आरम्भ गरिनुपर्ने,राहात शिक्षकलाई स्थायी दरवन्दीमा रूपान्तरण गरी उक्त दरवन्दीमा कार्यरत शिक्षकहरूको स्थायित्वको लागि प्रक्रिया अघि वढाउनुपर्ने लगायत उनीहरूको माग छ ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...