Friday 31st July 2026

देशभरका शिक्षक सडकमा, २१ गते देखि अनिश्चितकालिन हडतालमा उत्रने चेतावनी


तीतोपाटी- सुत्रे माग सहित चरणबद्ध आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले तेस्रो चरणको कार्यक्रम अन्तर्गत सामाजिक विकास मन्त्रालयमा आज धर्ना दिएका छन् । शिक्षाको गुणात्मक सुधार र विकासका लागि भन्दै २६ सुत्रे माग सहित देशभरका शिक्षकहरु अहिले आन्दोलनमा छन् । नेपाल शिक्षक महासंघ प्रदेश नं. ५ को अगुवाईमा आज मन्त्रालय अगाडि ४ घण्टा शिक्षकहरु धर्नामा बसेका हुन । धर्ना दिनु अघि बुटवलको राजमार्ग चौराहबाट दवावमुलक ¥याली निकालिएको थियो ।

राज्यले कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा लगानी गर्नुपर्ने, स्थानिय तहले बनाएको शिक्षा ऐन खारेज गर्नुपर्ने लगाएतका माग सहित चरणबद्ध रुपमा आन्दोलन महासंघले गरिरहेको छ । सोही अनुसार तेस्रो चरणको आन्दोलन स्वरुप मन्त्रालयमा धर्ना दिएको नेपाल शिक्षक महासंघ प्रदेश नं. ५ का अध्यक्ष प्रेम नारायण भण्डारीले बताए । धर्नामा प्रदेश नं. ५ का १२ जिल्लाका शिक्षकहरुको उपस्थिती रहेको थियो ।

महासंघले शिक्षक काउन्सिलको व्यवस्था गर्न, शिक्षा सेवा आयोगलाई संबैधानिक स्तर बनाउन, संबैधानिक शिक्षा आयोग गठन गर्न, विद्यालय तहको शिक्षालाई संघ, प्रदेश र स्थानिय तहको साझा अधिकारका सूचिमा राख्न माग गरेको छ । महासंघका मागहरु पुरा गर्न सरकार आलटाल गरे मंसिर २१ गते देखि अनेश्चितकालिन हडतालमा उत्रने महासंघले चेतावनी दिएको छ ।

महासंघले शिक्षा सम्वन्धी स्थानिय तहमा आफूखुशी बनाईने ऐन तथा कानुन बनाउने र लागू गर्न खोज्ने कार्य लाई रोक्न स्थानिय तहलाई कडा निर्देशन दिनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरूलाई सामूहिक पदोन्नतिको ब्यवस्था गरिनुपर्ने माग राखेको छ ।

तत्कालिन उच्च मावि मा कार्यरत शिक्षकहरूको दरवन्दीको प्रवन्ध गरी स्थायित्वको प्रक्रिया आरम्भ गरिनुपर्ने,राहात शिक्षकलाई स्थायी दरवन्दीमा रूपान्तरण गरी उक्त दरवन्दीमा कार्यरत शिक्षकहरूको स्थायित्वको लागि प्रक्रिया अघि वढाउनुपर्ने लगायत उनीहरूको माग छ ।


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...