Friday 4th September 2026

कपिलवस्तुमा गोली हानी गरियो नेताको हत्या


तीतोपाटी- शुद्धोधन गाउँपालिका–४, मोतीभारी मा एक युवकको गोली हानी हत्या गरिएको छ। २८ वर्षीय राजाबाबु दीपेन्द्रकुमार चौधरीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ। टाउकोमा गोली लागेको उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

स्थानीयहरुबीच विवाद हुँदा राति करिब साढे १० बजे चौधरीमाथि गोली प्रहार भएको कपिलवस्तुका प्रहरी उपरिक्षक अच्युत पुडासैनीले बताए। चौधरीको शव अहिले मेडिकल कलेज भैरहवामा राखिएको पारिवारिक जनाइएको छण्। हत्यामा संलग्नको खोजी भैरहेको प्रहरीले जनाएको छ।

चौधरी प्रदेशसभा निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नं‍. १ खमा स्वतन्त्र उम्मेदवार थिए।


सम्बन्धित शीर्षकहरु

 खैबर शिकन,  इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले विकास गरेको मध्यम दूरीको ब्यालिस्टिक मिसाइल हो। यसको नामको अर्थ करिब…

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

प्रतिकृयाहरू
...