Saturday 18th May 2024

वैदेशिक रोजगारीमा सेटिङका दिन सकिए : प्रहरी महानिरीक्षक खनाल


तीतोपाटी- नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले वैदेशिक रोजगारीमा हुने गरेका अवैधानिक क्रियाकलाप बन्द गरिने बताएका छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएईको वार्षिक भेलामा बोल्दै शुक्रबार उनले वैदेशिक रोजगारका सेटिङ अब अन्त्य हुने बताएका हुन् ।

गतल गर्नेहरू अब सच्चिनुपर्ने भन्दै उनले परदेशमा भएका नेपालीले देशको शिर निहुराउने आपराधिक क्रियाकलापमा नलाग्न अनुरोध पनि गरे । एनआरएनले परदेशमा नेपालको प्रतिष्ठा बढाएकोे र रेमिट्यान्सबाट देशको अर्थतन्त्रमा सहयोग गरेको धारणासमेत व्यक्त गरे ।

इन्टरपोलको ८७औँ महासभामा भाग लिन युएई आएका वेला उनी एनआरएनको कार्यक्रममा सहभागी भएका हुन् । उनले भने, ‘नेपाल सरकारले अहिले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को भावनालाई पूरा गर्न परदेशमा रहेका नेपालीको सीप क्षमताको आवश्यकता छ । देशमा लगानीको वातावरण रहेको छ । लगानीका सुरक्षाका लागि सरकारले ठोस कदम चालेको छ ।’ कार्यक्रममा उनीसँगै सिआइबीका निर्देशक डिआइजी नीरज शाही, नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशी, एसपी देउती गुरुङको पनि सहभागिता थियो ।

साभार नयापत्रिका


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...