Friday 4th September 2026

वैदेशिक रोजगारीमा सेटिङका दिन सकिए : प्रहरी महानिरीक्षक खनाल


तीतोपाटी- नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले वैदेशिक रोजगारीमा हुने गरेका अवैधानिक क्रियाकलाप बन्द गरिने बताएका छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएईको वार्षिक भेलामा बोल्दै शुक्रबार उनले वैदेशिक रोजगारका सेटिङ अब अन्त्य हुने बताएका हुन् ।

गतल गर्नेहरू अब सच्चिनुपर्ने भन्दै उनले परदेशमा भएका नेपालीले देशको शिर निहुराउने आपराधिक क्रियाकलापमा नलाग्न अनुरोध पनि गरे । एनआरएनले परदेशमा नेपालको प्रतिष्ठा बढाएकोे र रेमिट्यान्सबाट देशको अर्थतन्त्रमा सहयोग गरेको धारणासमेत व्यक्त गरे ।

इन्टरपोलको ८७औँ महासभामा भाग लिन युएई आएका वेला उनी एनआरएनको कार्यक्रममा सहभागी भएका हुन् । उनले भने, ‘नेपाल सरकारले अहिले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को भावनालाई पूरा गर्न परदेशमा रहेका नेपालीको सीप क्षमताको आवश्यकता छ । देशमा लगानीको वातावरण रहेको छ । लगानीका सुरक्षाका लागि सरकारले ठोस कदम चालेको छ ।’ कार्यक्रममा उनीसँगै सिआइबीका निर्देशक डिआइजी नीरज शाही, नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशी, एसपी देउती गुरुङको पनि सहभागिता थियो ।

साभार नयापत्रिका


सम्बन्धित शीर्षकहरु

 खैबर शिकन,  इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले विकास गरेको मध्यम दूरीको ब्यालिस्टिक मिसाइल हो। यसको नामको अर्थ करिब…

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

प्रतिकृयाहरू
...