तितोपाटी - काठमाडौँको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनालाइ पक्राउ गरि अनुसन्धान पश्चात उनीहरूविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । प्रहरीले यौनधन्दामा संलग्न रहेको आशङ्कामा तीन होटल सञ्चालकसहित १८ जनाविरुद्ध मुद्दा चलाएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । होटलमा यौन व्यवसाय चलाएको आशङ्कामा…
तीतोपाटी-हिन्दु राज्य र राजतन्त्रको पक्षमा विभिन्न ठाउँमा अभियान चलाइरहेको शिव सेना नेपालले सडक आन्दोलन गर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको उपत्यका कार्यसमितिको बैठकले ‘हिन्दु राज्य र राजतन्त्र’ पुर्नस्थापनाका लागि सडक आन्दोलन नै अन्तिम विकल्प भएको निर्णय गरेको हो । यसकारण आन्दोलनमा जाने तयारी भएको शिव सेनाका अध्यक्ष अनिल…
तीतोपाटी-गाउँमा एउटै पसल छैन। स्वास्थ्य चौकी त परको कुरा, औषधि पसलसम्म छैन। सडक छैन। भनेको बेला मोबाइल नेटवर्कले काम गर्दैन। आश्चर्य त के भने गाउँभरिमा एउटै धारा वा चापाकल छैन। सरकारीको नाउँमा एउटा प्राथमिक स्कुलको थोत्रो भवन छ। यहाँका मान्छे जंगली जन्तुबाट जोगिएर जीवन बिताइरहेका छन्। यो सिकारीवास गाउँ हो…
तीतोपाटी-नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाका सांसद जिपछिरिङ लामाले दोलखाको पाँच स्थानीय तहलाई पाँच वटा एम्बुलेन्स हस्तान्तरण गरेका छन् । लामाले दोलखाको तामाकोशी गाउँपालिका–३ जफे, कालीञ्चोक गाउँपालिका–९, जिरी नगरपालिका–१, मेलुङ गाउँपालिका–६ र विगु गाउँपालिकको स्वामित्वमा सञ्चालन हुने गरी एक–एक वटा एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । ग्रामीण क्षेत्रमा एम्बुलेन्स नभएकै कारण…
तीतोपाटी-आइतबार मुख्मन्त्रीहरुले बोल्ने क्रम नसकिएपछि अन्तरप्रदेश परिषद्को बैठक आज पनि बसिरहेको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । आइतबारको बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी…
तीतोपाटी-दाङको लमही नगरपालिका–६ कुलमोडका मानबहादुर बुढाथोकी ऐलानी जग्गामा बसेको वर्षौँ भयो । उहाँले बसेकोे जग्गाको लालपूर्जा अहिलेसम्म पाउनुभएको छैन । “हाम्रो चार पुस्ता बितिसक्यो लालपूर्जा पाउने कहिले हो ?”, मानबहादुरले भन्नुभयोे । मानबहादुर जस्तै कुलमोडमा ८३ घरपरिवार ऐलानी जग्गामा बस्दै आएका छन् । पक्की घर बनाएर बस्दै आएका कुलमोडवासीको सधैँ…
तितोपाटी - प्रदेश सरकारहरु बनेको १० महिनापछि पहिलो पटक अन्तर प्रदेश परिषद् बैठक बसेको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको मुख्यमन्त्रीहरु प्रदेश सरकारले भोग्नु परेको समस्याहरुबारे आक्रामक रुपमा प्रस्तुत भएका छन् । संघ र प्रदेश तथा प्रदेश-प्रदशेबीच उत्पन्न हुने समस्या समाधानका लागि अन्तर प्रदेश परिषद् गठन हुने संवैधानिक व्यवस्था छ । संविधानतः…
तितोपाटी - नवलपरासीको सुनवलमा ट्यांकरले मोटरसाईकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । सुनवल ४ बाह्रघरेस्थित पूर्वपश्चिम महेन्द्रराजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ६७९४ नम्बरको ट्यांकरले विपरित दिशाबाट आउँदै गरेको ग १५ प ३४९२ नम्बरको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको निधन भएको प्रहरीले जनाएको छ ।…
नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् । उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् । यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप…
तीतोपाटी-ललितपुर महानगरपालिका–२८ हरिसिद्धि बस्ने उदयपुरकी १२ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बालिका बलात्कारको आरोपमा सातदोबाटो बस्ने दोलखाका २१ वर्षीय राजेन्द्र नेपाली र सोही ठाउँ बस्ने २७ वर्षीय सुरेश नेपालीलाई प्रहरीले पक्राउ गरेको छ। मंसिर १७ गते सातदोबाटोमा हिंडिरहेको अवस्थामा अभियुक्तद्वयले बालिकालाई पशुपति घुम्न जाँउ भनी काठमाडौं गोंगबुस्थित गेष्ट हाउसको कोठामा लगेर…
![]()