Saturday 1st August 2026

महोत्तरीमा अवैध याैन कृयाकलाप छुपाउन याैन प्रलोभन देखाएर छिमेकीको हत्या


तितोपाटी – महोत्तरीको  औरही २, फूलबरियाका ४० वर्षीय किसान बेचु महतोको हत्या यौन प्रलोभन देखाएर भएको प्रहरीको अनुसन्धानले देखाएको छ । गौशाला प्रहरीका अनुसार अर्काको शारीरिक सम्बन्ध लुकाउन महतोको हत्या भएको हो । फूलबरियाकै २२ वर्षीया जितनीदेवी महतोलाई गत बिहीबार प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेपछि हत्याको रहस्य खुलेको हो । प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार हत्यामा ‘यौन प्रकरण’ मुख्य देखिएको छ । बेचु तरकारी खेती गर्थे ।

रदेखि अलि पर करिब २ कठ्ठा खेतमा उनले काउली लगाएका थिए । नीलगाईले काउली खाएर दु:ख दिन थालेपछि उनी केही समयदेखि खेतमै बस्थे ।

मंसिर २४ गते पनि रात परेपछि उनी खेत पुगे । आफ्नो खेत र उखुबारी नजिक उनले केही हलचल भएको देखे ।

‘सायद नीलगाई लुकेको हुन सक्छ,’ उनले शंका गरे । त्यहाँ पुग्दा उनले छिमेकी जितनी र अर्का २४ वर्षीय छिमेकी सुशील सहनीलाई आपत्तिजनक अवस्थामा देखे । बेचुलाई देखेर सुशील भागे । जितनी अक्कनबक्क परिन् ।
‘मलाई उसले (बेचु) हप्कीदप्की गर्‍यो,’ जितनीको भनाइ उद्धृत गर्दै आचार्यले भने, ‘मोबाइल पनि खोस्यो र लोग्नेलाई भनिदिने धम्की दियो ।’ ५ वर्षीय छोराकी आमा जितनीका पति विजय केही समयदेखि सिरक बनाउन काठमाडौंमा छन् । प्रहरीलाई जितनीले दिएको बयानमा मंसिर २५ गते बेचुले आफूसँग यौन सम्पर्क नगरे मोबाइल नदिने र घटना भनिदिने धम्की दिए ।
धम्कीको कुरा जितनीले प्रेमी सुशीललाई सुनाइन् र यौन प्रलोभनमा पारेर उनको हत्या गर्ने योजना भयो । योजनाअुसार जितनीले बेचुलाई यौन सम्पर्कका लागि राति सोही खेतमा बोलाइन् । रातको समयमा खेतमा जितनी पुगिन् । बेचु पनि पुगे । नजिकै सुशील र उनका छिमेकी अनिलकुमार ठाकुर लुकेर बसे । त्यो कुरा बेचुलाई थाहा थिएन ।
जितनीसँग गफ गरिरहेका बेचुलाई सुशीलले पछाडिबाट आफैंले लगाएको ज्याकेटले घाँटी कसेर हत्या गरे । उनीहरूले शव घिसारेर २ सय मिटर पर रामराजा ठाकुरको उखुबारीमा राखे । बेचुकी पत्नी राधादेवीका अनुसार हत्याको राति बेचु ८ बजेतिर खेतबाट फर्किएका थिए । सँगै सुतेका बेचु कति बेला गए उनलाई थाहै भएन ।

मध्यरातसम्म बेचुको नआएपछि राधादेवीले हल्ला गरिन् । छिमेकी र प्रहरी खोज्दै खेतमा पुग्यो । त्यहाँ नदेखेपछि खोज्ने क्रममै मंसिर २६ गते बुधबार बेचुको शव उखुबारीमा भेटियो ।
-कान्तिपुरबाट

सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...