Friday 4th September 2026

रूकुम(पश्चिम)मा विवाहको भोज खाएर सुतेका ३ जना मृत अबस्थामा फेला परे


तितोपाटी – रूकुम(पश्चिम)मा बिहेको निमन्त्रणा मान्न पुगेका तीन जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–१२, जुम्लावाङका अम्मर विकको छोराको बिहेमा सहभागी भएर भोज र रक्सी खाएर सुतेका तीन जनाको आइतबार राती मृत्यु भएको हो । सानी भेरी गाउँपालिका–९, मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका–११, भलाक्चा लहुँका ५४ वर्षीय कमानसिङ सार्की र मुसिकोट नगरपालिका–१२, नयाँ गाउँका २१ वर्षीय पलबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार बिहेको भोजसहित मदिरा सेवन गरेर बिहे भएकै घरमा सुतेका उनीहरू सोमबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए। विषाक्त रक्सी सेवन गरेका कारण उनीहरूको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी खड्काले बताए। ‘घटनाबारे जानकारी आएलगत्तै डाक्टरको टोलीसहित म घटना स्थल पुगेको छु,’ डिएसपी खड्काले टेलिफोनमा भने, ‘मृतकहरूले बिहे घरमा व्यवस्था गरिएको भन्दा छुट्टै रक्सी सेवन गरेको पाइएको छ।’

सोमबार बिहानै वडा अध्यक्ष प्रेम ओलीले घटनाबारे प्रहरीलाई खबर गरेका थिए। एउटै कोठामा सुतेका पाँच मध्ये तीन जनाको मृत्यु भएको हो। ती तीन जनाले सेवन गरेको रक्सी र अरू दुई जनाले सेवन गरेको रक्सी फरक फरक पाइएको पनि डिएसपी खड्काले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको ९ दिनपछि जीवित उद्धार गरिएको छ। उद्धार गरिएका…

इजरायलले बिहीबार दक्षिणी लेबनानको रणनीतिक Ali al-Taher Ridge क्षेत्रमा आफ्नो ‘अपरेसनल नियन्त्रण’ कायम गरेको घोषणा गरेको छ। यो घोषणा रोयटर्सले…

केही सम्बन्ध अधुरा भए, मनभरि नै रहन्छन्। टाढा भए पनि सम्झनामा, सधैँ साथ दिन्छन्॥ न फर्किन्छन् ती जीवनमा, न भुल्नै…

प्रतिकृयाहरू
...