Sunday 6th September 2026
नेपालको समाचार
Image

तितोपाटी - एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षा शास्त्र संकायका सहायक डीन बबालाल साहलाई विद्यार्थीले मोसो दलेका छन्। अनेरास्ववियु र अखिल (क्रान्तिकारी) का कार्यकर्ताले बुधबार साहलाई उनकै कार्यकक्षमा मोसो दलेका हुन्। पूर्वएमाले निकट अनेराश्ववियुकी उपाध्यक्ष सुनिता बरालका अनुसार साहले दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि आक्रोशित विद्यार्थीले मोसो…

Image

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाएको छ । मंगलबार बुझाइएको मागपत्रमा राजसंस्था स्थापनादेखि भ्रष्टाचारीलाई कारवाहीसम्मका विषय समेटिएका छन् । राप्रपाले २०४७ सालयताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न माग गरेको छ भने राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने गरी गोलमेच सम्मेलन गर्न पनि…

Image

तीतोपाटी- खानेपानीमन्त्री बिना मगरसँग विवाद भएपछि सचिव गजेन्द्र ठाकुरको सरुवा गरिएको छ । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गराउने विषयमा खानेपानी मन्त्री मगर र सचिव ठाकुरबीच मत बाझिएपछि सोमबार उनको सरुवा गरिएको हो । आयोजनाको काम छोडेर गएको इटालीयन कम्पनी सीएमसीलाई कानुन विपरित २ अर्ब ६० करोड रुपैयाँ भुक्तानी दिएर…

Image

तीतोपाटी- प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज देशभर प्रजातन्त्र दिवस मनाइएको छ । ६९ औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र समशेर जवरा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, रक्षामन्त्री…

Image

तीतोपाटी-जबरजस्ती करणी पश्‍चात् बालिकाको हत्या गरी जलाउने अभियुक्त धनुषा बटेश्वर–४ बैगाली टोल बस्ने निरन भन्ने निरज जर्घा मगर (हाम्ली डन) लाई प्रहरीले सोमबार पक्राउ गरेको छ । धनुषा मिथिला नगरपालिका–३ हरिहरपुर मगर टोलस्थित उखुबारीमा सोही ठाउँ बस्ने बोल्न नसक्ने ११ वर्षीया रेश्मा भन्ने दुतिया रसाइलीको जलेको शव फागुन २ गते…

Image

तीतोपाटी- बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा आज साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ध १ ज ७९१ नम्बरको जीप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किंदै गरेका विद्यार्थी अभिभावक सवार जीप दुर्घटनामा परेको वडाध्यक्ष…

Image

तीतोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ। राप्रपा अध्यक्ष कमल थापा नेतृत्वको टोलीले मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउँदै संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गर्नुपर्ने तथा पूर्ण धार्मिक स्वतन्त्रतासहित नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न माग गरेको हो। राप्रपाले संघीयताबारे…

Image

तितोपाटी - धनुषामा शुक्रबार बालिकालाई बलात्कारपछि हत्या गरी शव जलाएको आरोपमा एकजना पक्राउ परेका छन् । मिथिला नगरपालिका–३ हरीहरपुरकी ११ वर्षीया रेश्मा भन्ने दुतीया रसाइलीलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले धनुषा बटेश्वर–४ स्थित काका घरमा बस्ने २२ वर्षीया निरज जर्घामगरलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार मामा घर आएका बेला…

Image

तितोपाटी - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न मुलुकका लागि नियुक्त राजदूतले हिँजो पद तथा गोपनीयताको सपथ लिएका छन् । हिँजो सोमबार राष्ट्रपति भण्डारीले कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, मलेसियाका लागि उदयराज पाण्डे, फ्रान्सका लागि दीपक अधिकारी, संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाललाई शीतल निवासमा आयोजित समारोहमा सपथग्रहण गराएकी छन । यस अघि गत अाइतबार…

Image

तितोपाटी - आज फागुन ७ गते ६९औं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंमा विशेष समारोहको आयोजना गरिएको थियो । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशसहित मन्त्री, संवैधानिक र सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि सहभागी थिए ।…