Friday 12th June 2026

कुवेतका लागि नेपालका राजदूत भण्डारीद्वारा पदभार ग्रहण


तितोपाटी-कुवेतका लागि नेपालका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले अाफ्नो पदभार ग्रहण गरेका छन् । राजदूत भण्डारीले कुवेतका अमिर शेख सबाह अल अहमद अल जाबर अल सबाहसँग कुवेतको बयान दरवारमा शिष्टाचार भेट गरि ओहदाको प्रमाण-पत्र बुझाए पछि अाजैबाट अाैपचारिक रूपमा नेपाली राजदूतावास कुवेतको राजदूतको पदभार ग्रहण गरेका हुन ।

 यस अघि कुवेतका अमिर शेख सबाह अल अहमद अल जाबर अल सबाहले महामहिम भण्डारीलाइ कुवेतमा हार्दिक स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । कुवेतका अमिरसँगको शिष्टाचार भेटमा राजदूत भण्डारीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले कुवेतका अमिर शेख सबाह अल अहमद अल जाबर अल सबाहलाइ पठाउनु भएको शुभकामना सन्देश चढाएका थिए भने भेटका अवसरमा दुइ देश विचको ब्यापार, पर्यटन र लगानीका सम्बन्धमा पनि छलफल भएको थियो । उक्त अवसरमा महामहिम भण्डारीकी धर्मपत्नी श्रीमती बिन्ध्या पोख्रेल भण्डारी तथा नेपाली राजदूतावास कुवेतमा कार्यरत सबै कुटनैतिक पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

मोरङ घर भइ २३ वर्ष अघि बि.सं. २०५२ सालमा नेपाल सरकारको परराष्ट्र सेवामा शाखा अधिकृित पदमा प्रवेश गरेका राजदूत भण्डारी कुवेतको लागि नेपालका तेश्रो राजदूत हुन भने कुटनैतिक क्षेत्रमा लामो अनुभव बटुली सकेका छन् । परराष्ट्र मन्त्रालयका सहसचिव महामहिम राजदूत भण्डारीले यस अघि भारतको कल्कत्तामा कन्सुलेट जनरल, नेपाली राजदूतावास बेल्जियममा रहँदा युरोपियन युनियनसँग नजिक रहेर नेपालमा लगानी भित्र्याउन महत्वपुर्ण भूमिका खेलेका उपनियोग प्रमुख, नेपाली राजदूतावास पाकिस्तानमा उपप्रमुख तथा परराष्ट्र मन्त्रालयका विभिन्न विभागमा रहेर काम गरि सकेका छन् ।


सम्बन्धित शीर्षकहरु

खाडी मुलुकहरूमा फैलिएको दलालहरूको नेटवर्क तोड्न सजिलो काम होइन। डिजिटल भुक्तानी प्रणालीको कडाइ, लाइसेन्स खारेजीमा कडाइ, तथा दूतावास–श्रम विभाग–अध्यागमनबीच एकीकृत…

इजरायलले आफूले लेबनान, इरान, टर्की र इजिप्टबाट आउन सक्ने सम्भावित सुरक्षा चुनौतीहरू एकै समयमा सामना गर्न सक्ने दाबी गरेको छ।…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ गोमा तामाङ ले पार्टी परित्याग गर्दै सक्रिय राजनीतिबाट समेत अलग हुने घोषणा गरेकी छन्।…

प्रतिकृयाहरू
...