बालविवाह र बलात्कारमा नेपालको सर्वोच्च अदालत किन गलत ? अदालतले वैधानिक बलात्कारको अवधारणालाई प्रभावकारी रूपमा कमजोर बनाएको छ र यसले बालविवाहलाई प्रोत्साहन दिन सक्छ। भर्खरै जारी गरेको फैसलामा नेपालको सर्वोच्च अदालतले नाबालिग केटीसँग विवाह गरी यौनसम्बन्ध राख्ने वयस्क पुरुषलाई बलात्कार वा अपहरणमा नभई बालविवाहमा मात्र दोषी ठहर गरेको छ ।…
नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि काठमाडौं हुँदै हङकङ र नयाँ दिल्ली उडान सुरु गर्दैछ। गत जेठ ३० गतेदेखि निगमले साताको एक दिन क्वालालम्पुर-भैरहवा-काठमाडौं उडान गर्दै आएको छ। अब आजदेखि सोही जहाजमा भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौँ ल्याएर निगमकै अर्काे उडानबाट गन्तव्यमा पठाउन लागिएको हो।…
राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि राजदूत नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार फ्रान्स, संयुक्त अरब इमिरेट्स र कुवेतका लागि राजदूत नियुक्त गरेका हुन् । सुधीर भट्टराई फ्रान्सको राजदूतमा नियुक्त भएकन छन् भने तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्स र घनश्याम लम्साललाई कुवेतका लागि राजदूत नियुक्त गरिएको छ ।
कुवेत सिटी: कुवेतको राष्ट्रिय सभाले घरेलु हिंसासम्बन्धी कानूनको मस्यौदालाई अनुमोदन गरेको छ र यसलाई औपचारिकताका लागि सरकारलाई पठाउनेछ, स्थानीय मिडियाले रिपोर्ट गरेको छ।सरकारले कानूनलाई औपचारिकता दिन करिब ६ महिना लाग्ने छ । एकचोटि यो भएपछि, यो लागू हुनेछ। बैठकमा उपस्थित ४० सदस्यमध्ये ३८ सांसदले कानुनको पक्षमा, एक सांसदले विपक्षमा र…
काठमाडौँ । ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा २९० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला अदालतका अनुसार उनीहरूमाथि किर्तेमा मुद्दा दायर भएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २८६ जनाविरुद्ध किर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएको थियो । तर…
चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतिका आधारमा गरिएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला…
ऐतिहासिक,सांस्कृतिक एवं प्राकृतिक छटाले भरिपूर्ण भक्तपुर नगरमा पर्यटन प्रवर्द्धनका लागि ‘वाटर साइकल’ समेत संचालनमा ल्याइएको छ । नेपालमै पहिलोपटक भक्तपुरको वडा नम्बर १ मा रहेको पोखरी न: पुखु:मा पानीमा चल्ने साइकल ‘वाटर साइकल’ संचालनमा ल्याइएको हो । शनिवार भक्तपुर नगरपालिकाका खेलकुद संयोजक समेत रहेका वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण…
धरान नगरपालिका भित्र निषेधाज्ञा जारी राखिएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र शनिबारका लागि निषेधाज्ञा जारी गरे पछि आज निषेधाज्ञा सुरु भएको हो । हिजो शुक्रवार जिल्ला प्रशासन कार्यालय, सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आजका लागि निषेधाज्ञा जारी गर्न भन्दै सुचना जारी गरे पछि गए राती देखी…
बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो । बसमा अधिकांश भारतीय तीर्थयात्रु रहेको प्रहरीले जनाएको छ । उनीहरु पशुपतिनाथको…
काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए । उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ…