Monday 29th April 2024

प्रवासी नेपाली एकता मञ्च कुवेतले नेपाली राजदूतावासलाइ बुझायो प्रस्ताव पत्र तथा कार्य समितिको नामावली


प्रवासी नेपाली एकता मञ्च कुवेतले नेपाली राजदूतावास मार्फत नेपाल सरकारलाइ एक प्रस्ताव पत्र बुझाएको छ । १३ बुंदे उक्त प्रस्ताव पत्र मञ्चले दूतावासका काउन्सिलर सुजनी राणालाइ बुझाएको हो । केहि महिना यता नेपाली राजदूतावासले नेपालका राजनीतिक दलका भातृ संगठनहरूलाइ उपेक्षा गरि ति संघ संस्थाका कार्यक्रमहरूमा सहभागिता नजनाएपछि समसामयिक विषयवस्तुहरूलाइ समेटी प्रवासी नेपाली एकता मञ्च कुवेतले सो प्रस्ताव पत्र बुझाएको हो ।

प्रस्ताव पत्रमा संविधान प्रदत्त मौलिक अधिकारको आम नागरिकलाई प्रत्याभूति दिलाउन र देशलाई समाजवाद तर्फ अगाडी बढाउन, प्रवासबाट अनलाईन भोटिङको व्यवस्था गर्न प्रकृया अगाडि बढाउने, सामाजिक सुरक्षा कोष सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गर्ने, नेपाल-कुवेत बिच श्रम सम्झाैताको प्रकृया अगाडि बढाउने, करार बमोजिम श्रमिकले तलब नपाएका विषयमा दूतावासबाट अनुगमन तथा निरिक्षण गर्न साथै जथाभावी मागपत्र प्रमाणित नगर्ने, विद्युतीय राहदानी नविकरणको लागि अनलाइन फारम भर्न सहजिकरण गर्ने, राजनैतिक दलका भातृ संगठनका कार्यक्रममा दूतावासले सहभागिता जनाउने लगायतका मागहरू रहेका छन् ।

प्रवासी नेपाली एकता मञ्च कुवेतले २९ सेप्टेम्बर २०२३ मा सम्पन्न तेश्रो अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यरुको नामावली र अधिवेशनले पारित गरेको प्रस्तावहरु (resolutions) मञ्चका प्रमुख सल्लाहकार मधुकर रिजाल र अध्यक्ष युवराज गैरेको नेतृत्वमा सल्लाहकार सूर्य लामा, उपाध्यक्ष टीका पौडेल,धनेश्वर यादव, बिना सापकोटा, महासचिव इन्द्रदेव शर्मा, कोषाध्यक्ष तनबिर आलम, सचिव वसन्त पोख्रेल सदस्य मोहमद अब्जल समेतको उपस्थितिमा बुझाएको हो ।

मञ्चका अध्यक्ष युवराज गैरे र महासचिव इन्द्रदेव शर्माद्वारा हस्ताक्षरित प्रस्ताव पत्र दूतावासमा बुझाएपछि दूतावासबाट पनि कार्यान्वयनको लागि सक्दो प्रयास गर्ने वचनबद्धता व्यक्त भएको कुरा मञ्चका अध्यक्ष युवराज गैरेले मिडियालाइ जानकारी दिए ।

प्रवासी नेपाली एकता मंच कुवेतको तेश्रो अधिवेशन (२९ सेप्टेम्बर २०२३) बाट पारित प्रस्तावहरु (Resolutions):

१) नेपालको संविधान २०७२ को अक्षरसः पालना गर्दै सफल कार्यान्वयन गर्न संविधान प्रदत्त मौलिक अधिकारको आम नागरिकलाई प्रत्याभूति दिलाउन र देशलाई समाजवाद तर्फ अगाडी बढाउन प्रवासी नेपाली एकता मंच, कुवेत नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।

२) नेपालको संविधानको पर्खिलाप हुनेगरी कुनै जाती, भाषा, धर्म, क्षेत्र लिंग र संस्कृति हुनेगरी विभिन्न सामग्रीहरु प्रसारण गर्ने, सामाजिक सदभाव भड्काउने कार्यमा संलग्न व्यक्ति वा समुदायलाई कानुनी कारबाही गरी सामाजिक सद्भाव, शान्ती र अमन चैन कायम गर्न प्रवासी नेपाली एकता मंच, कुबेत” नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।

३) प्रवासमा रहेका नेपालीहरुको राजनैतिक अधिकार सुरक्षित गर्न प्रवासबाट अनलाईन भोटिङको व्यवस्था गर्न ‘प्रवासी नेपाली एकता मंच, कुवेत” नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।

४. संरक्षित कृषि कार्यक्रम लागु गरी नेपालका बेरोजगार जनसंख्यालाई तुरुन्त कृषिमा जोइन र कृषिमा आत्मनिर्भर बन्दै तत्काल रोजगारी सृजना गरी वाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्न प्रवासी नेपाली एकता मंच, कुवेत” नेपाल सरकार संग जोडदार माग गर्दछ ।

५) सामाजिक सुरक्षा कोष श्रमिकहरुको लागी निक्कै प्रभावकारी कार्यक्रम रहेकोले सबै वामी भाई दिदी बहिनीहरुलाई यसमा जोडिन र जोडि सकेको भए निरन्तर योगदान गर्न हार्दिक अनुरोध गर्दछ | विदेश स्थित दुतावासहरु मार्फत चेतना मुलक कार्यक्रमहरु संचालन गर्ने, प्रचार पसार गर्ने कार्य गर्न गराउन ” प्रवासी नेपाली एकता मंच, कुवेत” नेपाल सरकार तथा नेपाली दुतावास कुवैत समक्ष जोडदार माग गर्दछ ।

६) नेपालीहरु वैदेशिक रोजगारीमा गएका सम्पूर्ण मुलुकहरु संग द्विपक्षीय श्रम सम्झौता गरी श्रमिकहरुको अधिकार रक्षा गर्न, अन्तर्राष्ट्रिय श्रम कानुनले प्रत्याभूत गरेका श्रमिक अधिकारहरु सुरक्षित गर्न र कुबेतमा घरेलु कामदार लाई सम्पूर्ण रूपमा सुरक्षीत गर्ने गरी सम्झौता गरी वैधानिक रुपमा खुल्ला गर्न प्रवासी नेपाली एकता मंच, कुवेत” नेपाल सरकारसंग जोडदार माग गर्दछ ।

७) कुवेत सरकार संग छलफल गरी नेपाली कामदारको न्युनतम पारिश्रमिक तोक्ने र सो को कार्यान्वयनको लागी द्विपक्षीय अनुगमन संयन्त्र विकाश गरी कम्पनीको अनुगमन गर्ने र कामदारको हक अधिकार सुरक्षीत गर्न” प्रवासी नेपाली एकता मंच, कुवेत” नेपाल सरकार र नेपाली दुतावास कुवैत संग जोडदार माग गर्दछ।

८ ) कुवेतमा रहेका विनर र सेकुरिटी गार्ड सप्लाई कम्पनीहरुलाई माग पत्रमा धेरै पारिश्रमिक र सेवा सुविधा लेख्न लगाउने तर लेखिएको सेवा सुविधा पाए नपाएको बारेमा कुनै जानकारी नलिने र लेखिए बमोजिमको सेवा संविधा नपाएको जानकारी हंदा उदै पनः सोही कम्पनीका मागहरु प्रमाणिकरण गर्ने जस्ता कार्यहरू भई नेपाली श्रमिकहरू ठुलो मर्कामा परेकोले सो मा सलग्न म्यानपावर एजेन्सीहरु र दुतावासका कर्मचारीहरु उपर छानबीन गरी संलग्न दोषी लाई कारवाही अगाडी बढाउन ” प्रवासी नेपाली एकता मंच, कुबेत” नेपाली दुतावास कुबेत र नेपाल सरकारसंग जोडदार माग गर्दछ ।

९) मध्यपुर्वका अन्य देशहरुमा पठाउन रोकिएको बाईक राईडर कुवेतमा मात्र खुल्ला गरिएको छ । बाइक राइडरहरुको दुर्घटनाको उच्च जोखिम रहेको, न्युनतम तलबमा ८ घण्टा भनेर ल्याउने त्यसमा दैनिक टार्गेट ले गर्दा १८ घण्टा सम्म खट्नु पर्ने, दुर्घटना हुँदा अस्पताल वस्दा वा बेड रेस्टमा बस्दाको तलब काट्ने गरेको, कम्पनीले दुर्घटना बिमा नगरेको, लाईसेन्स निकालेर काममा नजादा सम्मको तलब नदिने गरेको आदी जस्ता समस्यासे श्रमिकहरु प्रताडित भएकोले राईडरहरुको मागपत्र प्रमाणित गर्दा कम्पनी अनुगमन गरेर भने बमोजिमको सेवा सुविधा दिए नदिएको हेरेर र विमाको व्यवस्था गरेर मात्र मागपत्रहरु प्रमाणित गर्न ” प्रवासी नेपाली एकता मंच, कुबेत” नेपाली दुतावास कुबेत समक्ष जोडदार माग गर्दछ।

१०) दुतावासवाट सम्पादन हुने सेवाहरु राहदानी नविकरण गर्दा वा अन्य कागजातहरु प्रमाणित गर्दा समेत सामान्य कामदारहरु जादा यो चाहियो उ चाहियो भन्ने, आलटाल गर्ने, भरसक सेवा दिन नखोज्ने, अनलाईन डेट लिन नसक्ने तर विचौलियाहरुले लिएर जादा त्यही कागजातमा कामहरु हुने, तुरन्त डेट पाउने गरेको गुनासो सर्वत्र आईरहेको र विचौलियाहरुले सेवाग्राहीलाई अधिक आर्थिक भार पार्ने गरेकोले विचौलियाहरु पुर्ण रुपमा निषेध गर्न, सेवाग्राहीहरुलाई समान रुपमा First come, First Service सेवा प्रवाह गर्न टोकन प्रणाली लाई व्यवस्थीत गर्न “ प्रवासी नेपाली एकता मंच, कुबेत” नेपाली दुतावास कुवेत समक्ष जोडदार माग गर्दछ ।

११) कामदारहरुको मागपत्रका सम्बन्धमा पनि विचौलियाहरु दुतावासको गेटमा कुरेर बस्ने, कम्पनीवाट आउने प्रतिनिधीहरुलाई गेटमै रोकेर सोधी खोजिगर्ने कामदारको सेवा सुविधा घटाउन र कमिसन बढाउन प्रस्ताव गर्ने र आउने कामदारलाई थप आर्थिक भार पार्ने कार्य भईरहेकोले विचौलियाहरु पुर्ण रुपमा निषेध गर्न रोजगार दाता कम्पनीको आधिकारीक व्यक्ति वा नेपाल स्थित वैदेशिक रोजगार प्रदायक एजेन्सीका आधिकारीक व्यक्ति संचालकले ल्याएका कागजात मात्र स्विकार गर्ने व्यवस्था गर्न “प्रवासी नेपाली एकता मंच, कुबेत” नेपाली दुतावास युक्त समक्ष जोडदार माग गर्दछ।

१२ । नेपाल स्थित राजनैतिक दलहरुका भातृ संस्थाहरुको कार्यक्रमहरुमा दुतावासको उपस्थिती नहुने तर नाच गान कार्यक्रमहरु वर्ष है, म्यारिज एनिभर्सरीका पार्टीहरुमा दुतावासका कर्मचारीहरुको उपस्थिती रहने गरेको देखिएकोले नेपाली समुदायबाट हुने सम्पुर्ण सामाजिक, सांस्कृतिक र राजनैतिक कार्यक्रमहरुमा उपस्थिती जनाई सबै नेपालीहरुको अविभावकत्व ग्रहण गर्ने, समुदाय संग जोडिन र राम्रा कामहरुमा हौसला प्रदान गर्न प्रवासी नेपाली एकता मंच, सुबेत” नेपाली दुताबास कुबेत समक्ष जोडदार माग गर्दछ ।

१३) कुवेतमा रहनु हुने आम श्रमिक दाजु भाई दिदी बहिनीहरुलाई सामाजिक सुरक्षा कोषमा जोडिन, निरन्तर योगदान गर्न र कुवेतको कानुनले निषेध गरेका मादक पदार्थ लागु औषधको सेवन, ओसार पसार तथा विक्रि बितरणका कार्यमा संलग्न नहुन, फजुल खर्च नगर्न र वैधानिक माध्यमबाट मुलुकमा रेमिटेन्स पठाएर सभ्य देशका सभ्य नागरिकको परिचय दिंदै अाफनो रोजगारीलाइ सुरक्षित गर्ने, अाफु स्वयं र अाफ्नो देशलाइ गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न योगदान गर्न हार्दिक अपिल गर्दछाैं ।

प्रस्ताव जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/०५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...