Sunday 22nd March 2026
नेपालको समाचार
Image

स्प्यारो एसएमएस, एक आधिकारिक SMS सेवा प्रदायकले, अन्तर्राष्ट्रिय महिला दिवसको सम्मानमा "महिला उद्यमशीलता अभियान" घोषणा गरेको छ। Sparro SMS ले एक प्रेस विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएको हो । यस पहलद्वारा स्प्यारोको एसएमएस मार्केटिङ प्लेटफर्ममा विशेष छुट साथै व्यक्तिगत परामर्श सेवाहरू विस्तार गरेर महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने छ।…

Image

नारायण कोइराला - नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा तानसेन र पाल्पा प्यारागन बोर्डिङ स्कुल युवा जुनियर रेडक्रस सर्कलको आयोजनामा उपशाखाका विधालय स्तरीय रेडक्रस वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । श्रीनगर उपशाखाका सभापति पुष्कर राज रेग्मीको अध्यक्षता तानपा ३ का वडा अध्यक्ष बाबुरत्न शाक्यको को प्रमुख आतिथ्यता र पाल्पा शाखाका मन्त्री…

Image

विश्वकर्मा एकता समाज नेपाल कुवेतले मुटुरोगी नाबालकको उपचारार्थ नेपाली रूपैयाँ ४४ हजार बढी आर्थिक सहयोग गरेको छ । बाग्लुङ नगरपालिका-११ रायडाडा (सिकादिप) का सुजन विश्वकर्माको एक वर्षीय छोरा सहिम विश्वकर्माको उपचारका लागि ४४ हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष गम सुनारले जानकारी दिएका छन । नाबालक सहिमको मुटु…

Image

नेपालको सरकारमा रहेका राजनितीक दल बीच को सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेको छ । प्रधानमन्त्रीमा प्रचण्ड नै कायम हुने गरी बनेको नयाँ सत्ता गठबन्धनमा प्रचण्डले एमाले सँग समिकरण राख्दै रास्वपा र जसपा लाई पनि साथ लिएका छन । तिनवटा पार्टीबाट एक एक जना मन्त्रीहरु राखेर उनले प्रारम्भिक मन्त्री परिषद…

Image

मित्र भक्त आचार्य (मधु), हाल कुवेत – कांग्रेस र माओवादीबीच गठबन्धन तोडिएपछि एमाले एक वर्ष ९ दिन पछि पुनः सत्तामा जाँदैछ । राष्ट्रपति कसलाई बनाउने विषयमा एमाले र माओवादीबीच कुरा नमिलेपछि गत फागुन १२ मा एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि एमाले संघसहित सातै प्रदेश सरकारबाट बाहिरिएको थियो । त्यसपछि…

Image

तीतोपाटी डट कम - कुवेतमा नेपाली श्रमिकको संख्या १ लाख ७ हजार भन्दा बढि पुगेको छ । नेपाली राजदूतावास कुवेतले अायोजना गरेको श्रमिक सचेतना कार्यक्रममा तथ्यांकगत प्रस्तुति दिंदै दूतावास उपप्रमुख एवं काउन्सिलर सुजनी रानाले नेपाली कामदारको जनसंख्या एक लाख सात हजार कटेको जानकारी दिएकी हुन् । कुवेत सरकारको तथ्यांक अनुसार…

Image

पाल्पाको रिब्दीकोटा गाउँपालिकाले बिहीबार अनौठो कार्यक्रमको आयोजना गरेर चर्चामा आएको छ । जाँडरक्सी खाएर होहल्ला गर्नेलाई सबैतिर नराम्रो तरिकाले हेरिन्छ तर रिब्दीकोट गाउँपालिकामा यसको लतमा बसेकाहरुलाई खोजीखोजी सम्मान गर्न थालिएको छ । तर, त्यस्ता व्यक्तिलाई पाल्पामा सम्मान गरिएको छ । पालिकाले आफ्नो क्षेत्रमा रहेर यसरी कुलतमा फसेका पुरुष तथा महिलाहरुको…

Image

मित्र भक्त आचार्य (मधु), हाल कुवेत - देश-विदेशमा मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का ८ वटै पालिकाले विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम गरि मनाउदै छन् भने उक्त क्षेत्रमा सार्वजनिक विदा समेत दिइएको छ…

Image

मित्र भक्त आचार्य - नेपाल र क्यारिबियन मुलुक बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने मुलुकको सङ्ख्या १७६ पुगेको छ। नेपाल र बेलीजबीच यही अप्रिल १ तारिखमा दुवै मुलुकका संयुक्त राष्ट्रसङ्घका लागि राजदूत–स्थायी प्रतिनिधिले सोसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा…

Image

भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । आचार्यको ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य बिगत लामो समयदेखि विमारी रहेका थिए । उनलाइ अचानक अक्सिजन लेवल कम भएपछि मेडिसिटी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका…