Saturday 27th April 2024

श्रीनगर उपशाखाले मनायो युजुरेस दिवस


नारायण कोइराला – नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा तानसेन र पाल्पा प्यारागन बोर्डिङ स्कुल युवा जुनियर रेडक्रस सर्कलको आयोजनामा उपशाखाका विधालय स्तरीय रेडक्रस वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । श्रीनगर उपशाखाका सभापति पुष्कर राज रेग्मीको अध्यक्षता तानपा ३ का वडा अध्यक्ष बाबुरत्न शाक्यको को प्रमुख आतिथ्यता र पाल्पा शाखाका मन्त्री केशव राज नेपालको विशिष्ट आतिथ्यतामा सम्पन्न “स्वयंसेवा कार्यमा युवा जुनियर रेडक्रसको भूमिका” शीर्षक वक्तृत्वकला प्रतियोगितामा श्रीनगर उपशाखा मातहतका विधालयहरूले भाग लिएका थिए ।

प्रतियोगितामा जनता मा.वि.का युजुरेस सुरज डाँगी प्रथम , सेन्ट कपिटानियो स्कुलका युजुरेस कुन्दन थापा द्वितीय , पाल्पा प्यारागन स्कूलका युजुरेस आरति बस्याल तृतीय र जनता मा.वि युजुरेसका सइली ज्ञवालीले सान्त्वना स्थान प्राप्त गरेका थिए । विजयी विधार्थीलाई नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । निर्णायकको भूमिकामा रेडक्रस गौतम बुद्ध उपशाखाका सभापति चित्रवलीराम सुवाल र मणिमुकुन्द उपशाखाका सभापति शकुन्तला बज्राचार्य रहनु भएको थियो ।

विजयी विधार्थीहरूलाई बधाई तथा शुभकामना सहित श्रीनगर उपशाखा र पाल्पा प्यारागन स्कूलको उत्तरोत्तर प्रगतिको कामना सहित प्रमुख अतिथि बाबुरत्न शाक्य , विशिष्ट अतिथि केशवराज नेपाल र गौतम बुद्ध उपशाखाका सभापति चित्रवली राम सुवालद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको थियोे ।

पाल्पाको तानसेनमा रहेको श्रीनगर उपशाखा रेडक्रस अभियानलाई अघि बढाउने क्रियाशील उपशाखा र प्यारागन युजुरेस सर्कल क्रियाशील सर्कलको रूपमा रहदै आएको छ । प्यारागन स्कूलको सभाकक्षमा आयोजित कार्यक्रममा पाल्पा प्यारागनकी युजुरेस दिया रेश्मी द्वारा स्वागत र प्रिन्सिपल गंगाबहादुर खत्रीद्वारा गतिविधिको जानकारी सहित रेडक्रस मनहरू सबैमा धन्यवाद ज्ञापन गर्नुका साथै युरेस सदस्य केकी बस्यालद्वारा कार्यक्रम संचालन गरिएको थियोे ।


सम्बन्धित शीर्षकहरु

कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही…

तीतोपाटी -पत्रकार नबराज पन्थी कुवेतमा सम्मानित भएका छन् । कुवेत स्थित जन-जागृति युवा समाज कुवेतले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर…

प्रतिकृयाहरू
...