Saturday 27th April 2024

स्प्यारो एसएमएसले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा “महिला उद्यमशीलता अभियान” घोषणा गर्यो


स्प्यारो एसएमएस, एक आधिकारिक SMS सेवा प्रदायकले, अन्तर्राष्ट्रिय महिला दिवसको सम्मानमा “महिला उद्यमशीलता अभियान” घोषणा गरेको छ। Sparro SMS ले एक प्रेस विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएको हो ।

यस पहलद्वारा स्प्यारोको एसएमएस मार्केटिङ प्लेटफर्ममा विशेष छुट साथै व्यक्तिगत परामर्श सेवाहरू विस्तार गरेर महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने छ। यस अभियान अन्तर्गत, महिला उद्यमीहरूले Sparrow SMS द्वारा प्रदान गरिएको सेवाहरूमा ८०% सम्मको छुटबाट लाभ उठाउन सक्छन्, साथै SMS मार्केटिङ बारे पनि नि:शुल्क परामर्श लिन सक्नेछन्।

बल्क एसएमएस मार्केटिङ साना तथा मध्यम वर्गिय उद्यम र उद्यमीहरूका लागि एक अत्यन्त आवश्यक उपकरण साबित भएको छ साथै लक्षित ग्राहकहरूलाई संदेश पठाउनमा र आफ्नो व्यावसाय बढाउन सहयोग गर्दछ । स्प्यारो एसएमएसले यस अभियान मार्फत महिला उद्यमिलाई यो प्रविधिको सहज्, सरल र किफाएती पहुँच प्रदान गर्ने योजना बनाएको छ, जसले उहाँहरूको व्यापारलाई थप सशक्त र व्यापार प्रवर्द्धन गर्न मद्दत पुर्याउने बिश्वास कम्पनीले लिएको छ ।

स्प्यारो एसएमएसले सबै महिला उद्यमीहरूलाई यस विशेष अवसरको सदुपयोग गर्न र व्यावसायिक सफलताका लागि एसएमएस मार्केटिङ प्रयोग गर्नका लागि प्रेरित गर्दछ।

यस अभियान बारेमा थप जानकारीको लागि, कृपया आधिकारिक वेबसाइट https://sparrowsms.com
मा जानुहोस् वा 9802005008 मा सम्पर्क गर्नु होला ।


सम्बन्धित शीर्षकहरु

कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही…

तीतोपाटी -पत्रकार नबराज पन्थी कुवेतमा सम्मानित भएका छन् । कुवेत स्थित जन-जागृति युवा समाज कुवेतले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर…

प्रतिकृयाहरू
...