तितोपाटी-सोमबार बिहान प्रहरीले काठमाडौंको बूढानीलकण्ठ, मनमैजु, बाँसवारी लगायतका स्थानमा प्रहरीले विदेशी नागरिक बस्दै आएका अपार्टमेन्ट र होटलहरूमा छापा मार्यो। छापाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नेतृत्व गरेको थियो भने महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरले सिआइबीलाई सहयोग गरेको थियो। त्यसक्रममा एक सय २२ विदेशी नागरिक पक्राउ परे। उनीहरूको…
कपिलवस्तु- कपिलवस्तुको कृष्णनगरमा शनिबार साँझ राप्रपा तर्फबाट मेयरका उम्मेद्वार तथा भोजपुरी फिल्मका कलाकार श्याम मिश्रामाथि हातपात भएको छ। हातपातबाट मिश्रा घाइते भएका छन्। घाइते मिश्राका आफन्त र परिवारले मिश्रालाई सांसद अभिषेक प्रताप शाह र उनको गाडी चालक शशि कस्यपले निर्घात कुटपीट गरेको आरोप लगाएका छन्।सांसद शाहले आफ्नो घरमा बोलाएर मिश्रालाई…
तितोपाटी- सुनसरीको बराहक्षेत्र नगरपालिका–५ भरौलबाट तत्कालीन माओवादीले सेना समायोजनका बेला जमिनमुनि लुकाएर राखेको ठूलो परिमाणको गोलीसहित अत्याधुनिक हतियार फेला परेको छ। नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरको टोलीले आइतबार माओवादी कार्यकर्ताको कुखुराको खोरबाट एक थान सर्ट मेसिन गन(एसएमजी)सहित गोली बरामद गरेको हो। भरौलका पूर्वमाओवादी कार्यकर्ता खेमराज प्रधानको कुखुराको खोरमुनि लुकाइएको…
विप्लव समूहद्वारा अपहरणमा परेका दैलेख ठाँटीकाध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई प्रहरीले उद्दार गरेको छ। शनिबार राति अपहरणमा परेका अध्यक्ष शाहीलाई आइतबार बेलुका साढे ६ बजे उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायव उपरीक्षक श्याम ओलीयाले जानकारी दिए।अध्यक्ष शाहीलाई कालिकोटको शुभकालिका गाउँपालिका–१ छाती भन्ने ठाउँको जंगलबाट उद्दार गरिएको डिएसपी…
तितोपाटी- दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उनकी पत्नीलाई अज्ञात समूहले अपहरण गरेको छ । शनिबार राति करिब १२ बजेतिर उनीहरुलाई अपहरण गरेको धिरबहादुरका भाइ हस्त शाहीले जानकारी दिए । अध्यक्ष शाहीसँगै उनकी पत्नी इला शाही पनि अपहरण गरिएको हस्तले बताए। भाइ हस्तका अनुसार अध्यक्ष शाहीको ठाटीकाँध गाउँपालिका-२स्थित श्रीपाटामा…
भान्जाभान्जी'को अपहरण गरेको २४ घण्टा नबित्दै अर्को अपहरण ! गत मंसिर २८ गते म्याग्दी घर भएकी (नाम परिवर्तन) सीता अपरान्हतिर छोराछोरीलाई घरमा राखेर पोखरा निस्किइन् । सीता १५ वर्षीया छोरी, १४ वर्षीय छोरा र भान्जीसँग सामाखुसी चोक नजिकै बस्दै आएकी थिइन् ।सीता जेठी छोरीलाई सम्झाएर ससुराको पेन्सन पट्टा बनाउन भन्दै…
जबर्जस्ती करणी उद्योग अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अदालतलाई झुटो बयान दिएका कारण पुर्पक्षका लागि थुनामै बस्नुपर्ने भएको छ। उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंलाई महराले दिएको बयान र पीडित महिलाको कोठामा भेटिएका प्रमाणबीच मेल नखाएकाले उनलाई पुर्पक्षका लागि डिल्लीबजार सदरखोरमा राख्न भएको आदेश सदर गरेको छ। महराले आफूलाई…
खिलानाथ ढकाल-नेपाल ह्याचरी उद्योग संघले ब्रोइलर कुखुराको मासुको मूल्य समायोजन गर्ने भन्दै झन्डै ३० लाख चल्ला जिउँदै गाडेको छ।संघले यही साता चितवनलगायत ठाउँमा चल्ला मारेको छ भने अण्डा पनि नष्ट गरेको छ।४५ करोड मूल्य बराबरको अण्डा नष्ट गरिएको ह्याचरी संघका अध्यक्ष टीकाराम पोखरेलले बताए। पछिल्लो समय मासुको मूल्य घटेको र…
तितोपाटी- कपाल काट्ने काम’ गर्ने भन्नासाथ कतिपयलाई ठाकुर समुदाय वा मधेसी तथा विहारका नागरिकहरुको याद आउँछ । नेपालमा अधिकांश नाईहरु त्यही समुदायकै रहेका छन् । तर, आजभोलि यस पेसामा अन्य समुदायका युवाहरुको प्रवेश पनि बढ्दै छ । कुनै पनि काम सानो र ठूलो हुँदैन भन्ने उदाहरण दिएका छन्,भरतपुरमा सैलुन खोलेका…
तितोपाटी- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे भयो। सुरुका केही दिन त हाँसखेलमै बिते। वर्ष बित्दै गयो तर बच्चा बसेन। उनीहरुमा एक खालको तनाव पैदाभयो। उनीहरुका धेरै प्रयास असफल भए। यसैगरी झण्डै १० वर्ष बिताए। एकदिन राममायाले कठोर निर्णय लिएर अर्को…
![]()