Sunday 22nd March 2026
नेपालको समाचार
Image

काठमाडौं महानगरपालिकाले महिलाहरुमा हुने स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर तथा प्रजनन् अवस्थाको परीक्षण सुरु गरेको छ । पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यानसर पहिचान गरी उपचार गर्न तथा रोकथाम गर्न निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरिएको हो । निःशुल्क स्वस्थ्य परीक्षण कार्यक्रमको पहिलो दिन राष्ट्रिय सभा गृहका महिला जनप्रतिनिधि तथा कर्मचारीहरुको स्वास्थ्य…

Image

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेल नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने भएको छ। ओमानमा जारी प्रिमियर कपमा नेपाल अपराजित टोली हो। लिगको अन्तिम खेलअगावै नेपाल समूहविजेता बन्ने पक्का थियो। त्यसैले नेपाल दोस्रो चरण (सेमिफाइनल) को प्रतिद्वन्द्वीका लागि ओमान र कुवेतबीच नतिजाको पर्खाइमा थियो। ओमानले कुवेतविरुद्ध ४६ रनको जित…

Image

मुस्लिम धर्माबलम्बीहरूको महान पर्व ईद आज हर्षोल्लासका साथ मनाइँदैछ्। एक महिनासम्म रोजा गरेर सकिए पछि आज ईद मनाइँदै छ। रमदान (रमजान) महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एक–अर्कामा शुभकामना साटासाट गरी ईद उल फित्र (ईद) मनाउँद छन्। हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौब्बाल महिनाको पहिलो तारिखमा ईद मनाउने…

Image

ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरको शनिबार एकैदिन सात हजार बढी दर्शनार्थीले दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकासका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार शनिबार ७ हजार ६ सय ७६ जना दर्शनार्थीहरुले पाथीभराको दर्शन गरेका हुन्। यो संख्या यो सिजनको एकैदिन दर्शन गर्ने दर्शनार्थीको सबैभन्दा बढी संख्या भएको क्षेत्र विकास समितीले…

Image

सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत आठ अर्बभन्दा बढी भुक्तानी गरेको छ। कोषले बिहीबारसम्म एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्तालाई आठ अर्ब ४८ करोड भुक्तानी गरेको हो। कोषले सबैभन्दा बढी वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत सात अर्ब २५ करोड ३३ लाख एक हजार तीन सय १८ भुक्तानी गरेको छ। औषधि…

Image

इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिनुभयो । उहाँले उद्योगमा महिलालाई रोजगारीको व्यवस्था गरिएको बताउँदै भन्नुभयो, “कूल रु २५ लाख लागत रहेको हाम्रो उद्योगलाई नगरपालिकाले…

Image

शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश सर्वोच्च अदालतले गैर आवासीय नेपाली संघ (एनआरएनए)को १० औं महाधिवेशनको निर्वाचन परिणाम खारेज गरेको छ । २०७८ चैतमा भएको महाधिवेशनबाट निर्वाचित घोषणा गरिएका दुवै पक्षको कार्यसमिति खारेज हुने आदेश सर्वोच्च अदालतले दिएको छ ।सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र…

Image

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएका छन् । उनले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन्। नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डे राजीनामा दिएसँगै आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन दाबी गर्ने रणनीतिमा लागेका छन्। विश्वासको मत नपाउने…

Image

आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मङ्गलबार मुख्य निर्वाचन अधिकृत तोकेको हो । यही चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको…

Image

मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते आयोजना हुने ‘जिब्रो छेड्ने जात्रा’ मा बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै छन्। नवौँपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले आफ्ना कान्छा छोरा सुजनलाई गत वर्ष जिब्रो छेडाएर पुस्तान्तरण गरेका…